ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

दुर्घटना न्युनीकरण गर्न लायन्स क्लब अफ भैरहवा लिगेसीको सचेतना अभियान

२५ पुष २०८०, बुधबार
२५ पुष २०८०, बुधबार

भैरहवा, २५ पुस ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लायन्स क्लब अफ भैरहवा लिगेसीले वृहत सचेतना अभियान सञ्चालन गरेको छ । क्लबले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा मंगलबार भैरहवामा साईकल र ट्याक्टरमा रिफ्लेक्टर स्टीकर टाँसेको छ ।

भैरहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहान सडकमा गुडिरहेका साईकल र ट्याक्टर गरी पाँचसय वटा बढी सवारीसाधनमा स्टीकर टाँसिएको कार्यक्रम संयोजक हृदयराम गुप्ताले बताए । उनले बिहीबार भैरहवा–परासी सडकखण्ड अन्तर्गत ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा रिफ्लेक्टर स्टीकर टाँस अभियान सञ्चालन हुने जानकारी दिए ।

लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४५ औं जन्मोत्सवको अवसरमा ‘मेल्भिन जोन्स सर्भिस वीक’ अन्तर्गत कार्यक्रम गरिएको लायन्स भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताए । ‘जाडो मौसममा बाक्लो हुस्सुका कारण विशेष गरी साईकल र ट्याक्टरमा स्टीकर नहुँदा टाढाबाट देखिदैन, जसले सवारी दुर्घटना हुने गरेको छ । यही कुरालाई मध्यनजर गर्दै यो अभियान सञ्चालन गरेका हौं, ’उपाध्यायले भने ।

कार्यक्रमको उद्घाटन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजुले लायन्स भैरहवा लिगेसीले भिन्न किसिमको कार्यक्रम सञ्चालन गरेको बताए । उनले शितलहरको बेला सवारी दुर्घटनाको संख्या बढ्ने कुरालाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रम सराहनीय रहेको बताए ।

त्यस्तै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ का एरिया चिफ सतिस कुमार कौसल (दीपक) ले लायन्स भैरहवा लिगेसीले महत्वपूर्ण कार्यक्रम गरेको बताए । उनले रिफ्लेक्टर स्टीकर टास्ने अभियानले पक्कै पनि दुर्घटना न्यूनीकरण गर्ने बताए ।

लायन्स भैरहवा लिगेसीका सचिव नारायण प्रसाद कोइरालाले दुर्घटना न्युनीकरणको प्रयास सार्थक हुने विश्वास व्यक्त गरे । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्ट, वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक सुरज खड्का, सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), वडा सदस्य हरि बहादुर के.सी., लायन्स जोन चेयरपर्सन गोविन्द प्रसाद गिरी, लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष मनोज क्षेत्रीलगायतले पनि अभियानको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?