Butwal Today

रोट-याक्ट क्लब अफ बुटवलको ‘गेट स्विच अन’ कार्यक्रम

२२ पुष २०८०, आइतबार
अ+
अ-

बुटवल, २२ पुस ।

बुटवल क्षेत्रकै सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय संस्था रोट¥याक्ट क्लब अफ बुटवलले “गेट स्विच अन“ नामक मोटिभेसनल कार्यक्रम सम्पन्न गरेको छ, ।

रोटर्याक्ट क्लब अफ बुटवलको सचिवालयमा उक्त कार्यक्रम सम्पन्न भएको क्लबका अध्यक्ष अर्जुन खनालले जनकारी दिए ।

कार्यक्रम मोटिभेसनल स्पिकर, एनएलपी कोच तथा पत्रकार रमेश अर्यालले सहजीकरण गरेका थिए । उनले अहिलेका युवाहरुमा बढ्दो नैराश्यता कम गरी दैनिक जीवन कसरी सफल, उत्कृष्ट र उज्यालो बनाउन सकिन्छ भन्ने सन्दर्भमा सन्दर्भ सामाग्री प्रस्तुत गरेका थिए ।

कार्यक्रममा रोटर्याक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पसका अध्यक्ष ऋषि पान्डे रोटर्याक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेजका अध्यक्ष बिनय श्रेष्ठ सहित करिब ५० जना रोटर्याक्टमा आबद्ध युवायुवतीहरुको सहभागिता रहेको थियो ।

रोट¥याक्ट क्लब अफ बुटवलले यस क्षेत्रमा विगत २६ बर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी भौतिक संरचना निर्माण, वातावरण सरसफाई, युवा सचेतना, नेतृत्व विकास लगायतका विभिन्न सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आईरहेको छ ।

कार्यक्रमको संयोजन राजन न्यौपानेले गरेका थिए भने अजय कुमार यादवले पनि आफ्नो धारणा राखेका थिए ।