ट्रेंडिंग:

>> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा

विद्याार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री, स्थानीयलाई स्वास्थ्य शिविर

२२ पुष २०८०, आईतवार
२२ पुष २०८०, आईतवार

बुटवल, २२ पुस ।

लियो जिल्ला परिषद ३२५ पी नेपाल अन्तर्गतको एरिया सिद्धबाबाको आयोजनामा गुल्मी जिल्लाको सत्यवती गाउँपालिका – १, अस्लेवा राममबारीमा रहेको श्री राममबारी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरिएको छ । सोही अवसरमा त्यस क्षेत्रका बासिन्दाहरूको स्वास्थ्य परीक्षण शिविर समेत सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा, विभिन्न शैक्षिक सामाग्री र खेलकुद सामाग्री वितरण गरिनुका साथै १०० जना भन्दा बढीको स्वाथ्य परीक्षण र परामर्श समेत दिइएको थियो ।

एरिया चिफ लियो केशव पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको उदघाटन सत्यवती गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अर्जुन कनौजेले गरेका थिए । कार्यक्रममा लियो जिल्ला परिषद ३२५ पी नेपालका जिल्ला सचिव श्रीधर बस्याल, लियो जिल्ला पसिषद ३२५ पी नेपालका वरिष्ठ अध्यक्ष सल्लाकार यमलाल पाण्डे, लियो क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष एवम् स्वास्थ्य शिविरका संयोजक काशीराम रेग्मी, सदस्य राहुल कोहार, लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीका अध्यक्ष जीवन थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन पाण्डे, विद्यालयका प्रधानाध्याक राम प्रसाद पाण्डे लगायतले रचनात्मक कार्यक्रम गरेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै उनीहरुले बुटवलमा कार्यक्षेत्र रहेर पनि आफू जन्मेको गाउँमा यसरी कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै उक्त सामाजिक कार्यलाई निरन्तरता दिन समेत आग्रह गरेका थिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै एरिया चिफ केशव पाण्डे र एरिया डेपुटी चिफ हिमाल खनालले आफू जन्मेको ठाउँमा लियोको माध्यमबाट यसरी कार्यक्रम गर्न पाउँदा गर्व महशुस भएको बताउँदै कार्यक्रम सफल पार्नको लागि सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए । त्यसैगरी स्वास्थ्य शिविर संयोजक काशीराम रेग्मीले यसरी कार्यक्रमको आयोजना गरी सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?