© २०२३
बुटवल ,पुस २२ । बुटवलको कालिकानगरस्थित अक्सबृज ईन्टरनेशन एकेडेमीले आफ्ना विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षकबाट मोटिभेसन कक्षा आइतबार बुटवलमा प्रदान गरेको छ ।
भारतमा निकै प्रख्यात मोटिभेसन प्रशिक्षक पी जी गुप्ताले अक्सबृज ईन्टरनेशन एकेडेमीमा अध्ययनरत करिब सय जना विद्यार्थीहरूलाई प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा एकेडेमीमा अध्ययनरत ल्याब टेक्निसियन , कृषि,सिभिल तथा सामान्य चिकित्सा विषय अध्ययनरत विद्यार्थी सहभागी थिए ।
सो कार्यक्रम उद्घाटन गर्दै एकेडेमीका अध्यक्ष गोविन्द खनालले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र ध्यान दिँदा धेरै सामाजिक व्यवहारहरु छुटेको हुने सक्ने भएकोले यस्तो मोटिभेसन कक्षाले विद्यार्थीहरू थप व्यवहारिक बन्न उत्प्रेरणा दिने बताए ।
संस्थाका कार्यकारी निर्देशक डी पी खनालले विद्यार्थीको जीवनमा किताबी ज्ञान सँगै व्यावहारिक ज्ञान आवश्यक पर्ने भएकाले संस्थाले भारतमा मात्र नभई अन्य मुलुकमा समेत ख्याति कमाएका प्रशिक्षक ल्याएर प्रशिक्षण दिलाएको बताए । पी जी गुप्ताले संसारमै सबैभन्दा धेरैलाई मोटिभेसन कक्षा दिएर विश्व रेकर्ड गिनिज बुकमा नाम लेखाउने लक्ष्यमा छन् ।
यसअघि बुटवलको मिलनचोममा रहेको एकेडेमी गत शैक्षिक सत्रबट थप व्यवस्थित व्यवस्थापनका साथ कालिका नगरमा सरेको खनालले बताए ।