© २०२३
बुटवल, २२ पुस। सामाजिक कार्यमा अग्रसर जी–२५ क्लब, बुटवल–११ को साधारणसभा तथा अधिबेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिबेशनबाट जगदिश न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नया नेतृत्व चयन भएको हो ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा सजन कुमार भारीलाई १ मतले पराजित गरी न्यौपाने अध्यक्षमा निर्वाचित भएका हुन् । न्यौपानेले २६ र भारीले २५ मत प्राप्त गरेका थिए । यस्तै क्लवको उपाध्यक्षमा मदन पौडेल निर्वाचित भएका छन् । पौडेलले आफ्ना प्रतिष्प्रधि निरज केसीलाई २ मतले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले २५ र केसीले २३ मत प्राप्त गरेका छन् ।
क्लवको महासचिवमा किशोर पंगेनी, कोषाध्यक्षमा भेषराज अर्याल र सचिवमा रेशम बहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । यस्तै चार सदस्य पदका लागि ६ जनाबीच भएको प्रतिष्प्रधामा श्रीप्रसाद श्रेष्ठ, बिमल पौडेल, मिलनकुमार भारी र देबेन्द्रबहादुर घर्ती निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता केशवराज पोखरेलले जानकारी गराए ।
साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सामाजिक कार्यमा क्रियाशिल जी–२५ क्लवले यस समाज गर्ने सामाजिक तथा रचनात्मक कार्यक्रमका लागि उपमहानगरपालिकाले सहयोग गर्ने विश्वास दिलाए ।
सामाजिक क्षेत्रमा क्रियाशिल जी–२५ क्लवले केही समय अगाडी कपडा बैंकको स्थापना गरी बुटवलका उद्योगी, ब्यवसायी तथा क्लवका सदस्यहरुसंग कपडा संकलन गरी करिव २ सय बढि गरिव तथा विपन्नवर्गका मानिसहरुलाई वितरण गरेको थियो । यस्तै क्लवले विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा ज्येष्ठ नागरिकलाई खिर खुवाउने तथा ग्लुकोज वितरण लगायतका सामाजिक कार्य गर्दै आइरहेको छ ।