© २०२३
बुटवल, २१ पुस। सुशासन र सदाचार प्रवद्र्धनको क्षेत्रमा कार्य गर्दै आइरहेको संस्था पारदर्शी सरोकार समूह बुटवलको अध्यक्षमा लालहरि पाण्डे चयन भएका छन । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसंग आबद्ध पारदर्शी सरोकार समूह बुटवलको होटल पाल्म इन्टरनेशनल बुटवलमा शनिबार सम्पन्न चौथो अधिवेशनले लालहरि पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
उपाध्यक्षमा दीपक ढकाल, महासचिवमा अर्जुन कार्की, सचिवमा सनु थापा र कोषाध्यक्षमा मिना थापा तुलाधर निर्वाचित भएका छन । यसैगरि सदस्यहरूमा शंकर कोइराला, विकाश श्रेष्ठ र गीता श्रेष्ठ रहनुभएको छ । अधिवेशनबाट महेन्द्र प्रसाद पाण्डे निवर्तमान अध्यक्ष र पारदर्शी सरोकार समूह बुटवलका संस्थापक अध्यक्ष एवं ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यसमिति सदस्य महेन्द्रनारायण श्रेष्ठलाई प्रमूख सल्लाहकारको रूपमा चयन गरिएको छ ।