© २०२३
बुटवल ।
समावेशी महिला समूह स्कुल डाँडा तिलोत्तमा नगरपालिका–१४ टिकुलीगढले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाबेशी महिला समुहको आयोजना र नेपाल रेडक्रस सोसाइटी भैरहवा इकाई रुपन्देहीको सहकार्यमा शुक्रबार टिकुलीगढमा ३३ युनिट रगत संकलन गरिएको सदस्य सन्जु गुरुङले बताइन् ।
रक्तदान गर्ने रक्तदाताहरुलाई तिलोत्तमा नगरपालिका –१४ का वडाअध्यक्ष आश्विन पौडेलले प्रमाण पत्रले सम्मान गरेका थिए । संकलित रगत नेपाल रेडक्रस सोसाइटी भैरहवा इकाईलाई हस्तान्तरण गरिएको र कार्यक्रम समूहका अध्यक्ष मिना आलेको संयोजकत्वमा सम्पन्न भएको थियो ।