Butwal Today

काठमाडौं उपत्यकामा यो वर्षकै बढी चिसो,तापक्रम ३.७ डिग्री सेल्सियस

२० पुष २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं,२० पुस । काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ।

आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ३ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोे अधिकतम तापक्रम १६ देखि १८ सम्म पुग्न सक्ने मौसमविद् गोविन्द झाले जानकारी दिए।

आज काठमाडौंको मौसम सामान्यतया हिजो जस्तै सफा रहनेछ। आज दिउँसोे कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातिदेखी भने तराईका भूभागमा पश्चिमी वायूको प्रभावले बादलको मात्रा बढ्ने मौसमविद् झाले बताए।

हुस्सु घाम लागेपछि हट्ने भएपनि बादल भने हतपत नहट्ने नहुनाले भोलि दिउँसो पनि तराईका भूभागमा मौसम धुम्म हुने र थप चिसो बढाउने सक्ने मौसमविद झाले बताउनुभयो।