ट्रेंडिंग:

>> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस
पर्यटन

लुम्बिनी एक्स्पोमा पर्यटन गुरुयोजना खोजी : तिनाउमा जल पर्यटन र जितगढीमा युद्ध संग्रहालय

बुटवललाई पर्यटक विश्रामस्थल बनाउन बुटवल उपमहानगरले पर्यटन गुरुयोजना बनाउनुपर्ने
१७ पुष २०८०, मंगलवार
१७ पुष २०८०, मंगलवार

बुटवल, १७ पुस । लुम्बिनी प्रदेशमा विश्व शान्तिका अग्रदुत गौतमबुद्ध जन्मस्थल लुम्बिनीसहित दर्जनौं पर्यटकीय स्थल भएर पनि प्रादेशिक पर्यटन गुरुयोजना बनाएर काम नहुंदा पर्यटकको बसाई लम्ब्याउन र लाभ लिन नसकिएको सरोकारवालाको ठम्याई छ ।
प्रादेशिक पर्यटन गुरुयोजना नहुंदा तीनै तहका सरकारको पर्यटन वजेट हचुवाको भरमा र छरिएर खर्च हुंदा अनुत्पादक भएको र अत्यावश्यक पर्यटन पुर्वाधार बन्न नसकेको सरोकारवालाहरुले औंल्याएका छन् ।

रुपन्देही ब्यापार संघले बुटवलमा सञ्चालन गरेको लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय ब्यापार मेलामा आयोजित पर्यटन प्रवद्र्धन विषयक अन्तरक्रियामा प्रादेशिक पर्यटन गुरुयोजना निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिए ।

प्रदेश पर्यटन विकास परिषदका प्रमुख रामु जोशीले प्रदेशको पञ्चवर्षिय योजनामा पर्यटन गुरुयोजना पनि समेट्ने तयारी भइरहेको बताए । मुलुक संघीय संरचनामा गएको धेरै लामो समय नभएकाले प्रदेश पर्यटन गुरुयोजना निर्माण नभएको भन्दै अब ढिलाई गर्न नहुने जोशीले बताए । उनले बुटवललाई पर्यटक विश्रामस्थल बनाउन बुटवल उपमहानगरपाकिलाले पर्यटन गुरुयोजना बनाउनुपर्ने सुझाए ।

‘प्रदेशमा बुद्धजन्मस्थल लुम्बिनीसहित तिलौराकोट, रामग्राम र देवदहदेखि रुकुमको सिस्ने हिमालसम्मका २ सय ८३ वटा पर्यटकीय गन्तव्य छन्’–जोशीले भने–‘यी सबै स्थानमा पर्यटकीय पुर्वाधार बनाउने गरी गुरुयोजनामा समेट्ने सरकारको तयारी छ ।’

गुरुयोजनामा हरेक स्थानीय तहमा पर्यटन शाखा र पर्यटन विकास समिति गठनलाई अनिवार्य गरिने र पर्यटनमा हुने खर्चलाई एकीकृत लगानी गरेर छिटो प्रतिफल आउने गरी काम गर्नुपर्ने उनले बताए ।

पर्यटकलाई आकर्षित गरी बसाई लम्ब्याउन सुविधायुक्त फराकिलो पार्किङस्थल र पर्यटक बस चाहिने जोशीले सुझाए । बेलहिया नाकाबाट आउने पर्यटक सिधै पोखरा जाने परिपाटी रोकेर बुटवलमा बास बस्ने वातावरण बनाउन होटेल र पर्यटन व्यवसायीले खानाका परिकारमा बुटवलको छुट्टै रैथाने ब्राण्ड सहित स्थानीय टुर प्याकेज बनाउनुपर्ने जोशीले सुझाए ।

उनले सामुदायिक वनहरुमा जंगल वाक,नेचर वाक,हाइकिङ,ट्र हाउस,चरा संरक्षण, पोखरी निर्माण लगायतका गतिविधि गरेर पनि पर्यटकको बसाई लम्ब्याउन सकिने बताए । जिल्ला वा प्रदेशभित्रका विद्यालय,सहकारीहरुले पहिले प्रदेशभित्रकै पर्यटकीय स्थल घुम्नुपर्ने गरी गुरुयोजना र नीति बनाउनुपर्ने औंल्याए ।

बैंक तथा व्यवसायिक संघसंस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च हुने रकम बुटवलको शहरी सौन्दर्यीकरण, सरसफाई र वातावरण संरक्षणमा खर्च गरे त्यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने जोशीले बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल भैरहवाका महाप्रबन्धक हंसराज पाण्डेले पर्यटकीय विकासको लागि हवाइ यातायात मात्र नभइ स्थल मार्ग पनि सहज र सुगम हुनुपर्ने बताए । ‘अन्य देशमा विमानस्थलदेखि मुख्य शहरसम्म सटल बस सेवा हुन्छन् । कमसेकम सटल एक्सप्रेस नभएपनि सेड्युल बस सेवा हुनसक्छ ।’ उनले भने ‘बुटवलको मुख्य ठाउँदेखि एयरपोर्टसम्म बस सेवा दिनुस् । विमानस्थलले के सहकार्य गर्नुपर्छ गर्छ ।’
पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलप्रति विदेशी विमान कम्पनीहरुले चासो दिइरहेको भन्दै उनीहरुले अध्ययन गरिरहेकाले ढिलोचाँडो भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने विश्वास व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंक पोखरेलले पर्यटन प्रवद्र्धन सम्बन्धी बहस धेरै भएकाले अब ठोस कार्यक्रमका साथ अघि बढ्नुपर्ने उल्लेख गरे ।

मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले तिनाउ नदीमा जलाशययुक्त ड्याम बनाएर बाह्रैमास पानी बग्ने बनाई डुंगा शयर र जल पर्यटनको विकास गर्नुपर्ने बताए । उनले अंग्रेज फौजलाई नेपाली फौजले हराएको ऐतिहासिक जितगढी किल्लामा नेपाल–अंग्रेज युद्धको झल्को दिने यद्ध संग्रहालय बनाउने र यसलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटक भित्राउन गुरुयोजना बनाउनुपर्ने सुझाए । ‘चिडियाखोलादेखि दक्षिणमा मगरघाटसम्म जलाशययुक्त ड्याम बनाउने र नदीको दुबैतर्फ पक्की सडक बनाई जल पर्यटनको विकास गर्ने हो भने यहां पर्यटकलाई आकर्षित गरी भुलाउन सकिन्छ’–नेपालले भने–‘जल पर्यटनसंगै जितगढीमा यद्ध संग्रहालय पनि बनाउनुपर्छ ।’
पर्यटनविज्ञ बलबहादुर आचार्यले प्रदेशको पर्यटन गुरुयोजना बनाएर मात्र पर्यटन पुर्वाधारमा लगानी गर्नुपर्ने बताए । योजनाविनाको कनिका छराई लगानीले पर्यटकमैत्री पुर्वाधार बनाउन नसकिने भएकाले गुरुयोजना अनुसार विविधतायुक्त र विशिष्टीकृत सेवा पर्यटकलाई पस्कन सक्नुपर्ने बताए ।

उद्योग बाणिज्य संघ बुटवलका उद्योग उपाध्यक्ष सुरज भट्टराईले जितगढी किल्लामा सन्ध्या आरती, सैनिक परेड, जातीय सांस्कृतिक नाच पर्यटकलाई देखाउन सके पर्यटक आकर्षित हुने बताए ।

रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले पर्यटकले चाहे जति रकम ल्याउन दिए मात्रै पर्यटन व्यवसायबाट लाभ लिन सकिनेमा सरकारी नीति वाधक भएको औंल्याए । उनले पुरानो बुटवल बजारलाई पुरानै शैलीमा पुन:निर्माण गर्नसके पर्यटकका लागि आकर्षक गन्तव्य हुने सुझाए ।

लुम्बिनी होटल व्यवसायी संघका महासचिव पुरुषोत्तम अर्यालले पर्यटन गुरुयोजना र टुर प्याकेज नहुंदा लुम्बिनी आउने ७० प्रतिशत पर्यटक बास नबसी फर्कने गरेको बताए ।
‘पर्यटन गुरुयोजना नबन्दा पर्यटकको बसाई लम्ब्याउन सकिएको छैन’–उनले भने–‘पर्यटकलाई जबरजस्ती बसाल्न खोजेर मात्रै बस्दैनन् यहां अनुदानमा पर्यटक बस समेत चल्न सकेका छैनन्,सरकारी नीति नै बाधक छ ।’

बस ब्यवसायी जीवन बन्जाडेले बेलहिया नाका आसपासमा त्यहांका होटेल व्यवसायीले राति ८ बजेपपछि कुनै पनि बसलाई चल्न नदिंदा पर्यटक बुटवल आउन नसकेको औंल्याए ।

बरिष्ठ पत्रकार डिआर घिमिरे, पत्रकार महासंघ रुपन्देहीका सल्लाकार दिनेश पाण्डे, नेपाल पार्क महासंघका अध्यक्ष खेम लुइटेलले डा. सागर न्यौपाने बलबहादुर आचार्यलगायतले यातायातको ट्रान्जिट प्वाइन्ट बुटवल पर्यटनको पनि ट्रान्जिट हब बन्न सक्ने प्रसस्त आधारहरु रहेको उल्लेख गरेका थिए ।

रुपन्देही ब्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमरे,पुर्व अध्यक्ष मोतिलाल पाण्डे,मोतिराज ज्ञवाली,व्यवसायी दिवाकर घिमिरे लगायतले लुम्बिनी एक्स्पो ब्यापार मेला मात्र नभई पर्यटन प्रवद्र्धन गर्ने माध्यम पनि भएको हुंदा पर्यटनका सम्भावना र चुनौति पहिचान गर्न पर्यटन अन्तरक्रिया गरिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?