ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

शिरमा नेपाली टोपी प्रवद्र्धन गर्दै रक्तदान अभियान

१६ पुष २०८०, सोमबार
१६ पुष २०८०, सोमबार

बुटवल, १६ पुस ।

शैक्षिक विकासका साथै सामाजिक कार्यमा महत्वपूर्ण योगदान दिदै आएको एम्स कलेज बुटवलले अंग्रेजी नया वर्ष तथा टोपी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । एम्स कलेज बुटवलको आयोजना, स्कलर्स होम बोर्डिङ स्कुल र काउन्सिल अफ एम्स स्टुडेन्टको सहकार्यमा सोमबार वृहत रक्तदान कार्यक्रम गरिएको हो ।

रगतको महत्व युवाहरुलाई बुझाउने गरी सचेतनामुलक रक्तदान कार्यक्रम गरिएको एम्स कलेजका क्याम्पस प्रमुख दीपक ढकालले बताए । ‘कलेजका नयाँ विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने गरी प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आएका छौ ।’—उनले भने ।

अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै यो दिनलाई नेपाली टोपी दिवसको रुपमा पहिचान दिलाउन आफुहरु सफल भएको उनले दाबी गरे । ‘शिरमा नेपाली टोपीसहित रक्तदान’ नारा दिएर विगत ९ वर्षदेखि निरन्तर कार्यक्रम गरेको उनले बताए । रक्तदान जस्तो उत्तम सामाजिक कार्यलाई नेपाली टोपीको प्रर्वद्धनसंग जोडेर महत्वलाई बढाउने काम भएको उनले बताए । यस क्षेत्रमा प्रत्येक वर्ष नया रक्तदाताहरुलाई प्रोत्साहन गर्ने, राष्ट्रियताको पहिचान दिनेमात्र नभई धेरै रक्तदान गर्ने शैक्षिकसंस्था भएको उनले बताए ।

कार्यक्रमको एक समारोहका बिच नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले स्कलर्शहोम स्कुलका प्राचार्य बाबुराम बन्जाडेलाई ब्लड ब्याग हस्तान्तर गरी उद्घाटन गर्दै रगतको महत्वलाई युवाहरुलाई बुझाउन जरुरी रहेको बताए ।

प्रत्येक स्वस्थ्य मानिसले ३—३ महिनामा रक्तदान गर्न सक्ने तर्क दिदै उनले रक्तदानको बारेमा समाजमा रहेका गलत धारणा चिर्न जरुरी रहेको बताए । रक्तदान अभियान सामाजिक कार्य भएको भन्दै यसमा धेरै चुनौतीहरु देखिने गरेको उनले बताए । प्रविधिको प्रयोग, निशुल्क रगत, समाजमा गलत धारणा जस्ता विषयलाई चिर्नका लागि निरन्तर अभियान चलाउँदा केही सफलता हात पारेको उनले बताए । धेरै स्थानीय सरकार निशुल्क रगत घोषणा गरेको भन्दै अब रगत वितरणलाई स्मार्ट बनाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा एम्स कलेजका म्यानेजिङ डाईरेक्टर गोपाल प्रसाद न्यौपाने, कलेजका उपप्राचार्य टिकाराम गौतम, प्लट टु कोअर्डिनेटर चेतनारायण पन्थी, काउन्सिल अफ एम्स स्टुडेन्टका अध्यक्ष ईशा पाण्डे, काउन्सिल अफ एम्स स्टुडेन्टका सचिव समिक्षा पाण्डेले शैक्षिक गतिविधिसंगै विद्यार्थीहरुलाई समुदायसंग प्रत्येक्ष जोडिने गरि सामाजिक कार्यमा जोड्न विद्यालय सफल भएको बताए ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक यज्ञ प्रसाद न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?