© २०२३
दाङ,१६ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । लुम्बिनी प्रदेशको प्रदेश निर्वाचन कार्यालय दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । लुम्बनी प्रदेश निर्वाचन अधिकृतमा दाङ जिल्ला अदालतका न्याधिस कृपासुर कार्की नियुक्त भएका छन् । २०७४ सालमा प्रतिनिधि सभा सदस्य कायम हुनु सभाषदको यही फागुनमा समयावधि सकिने भएकाले निर्वाचन हुन थालेको हो । नेपाली काँगे्रसबाट प्रतिनिधित्व गरेका अनिता देवकोटा र (नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट खिमलाल देवकोटाले गत वर्ष राजिनामा दिएपछि रिक्त पदमा निर्वाचित) नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट प्रतिनिधित्व गरेका कुमार दसौदीको पदावधि समाप्त हुँदै छ । माघ ११ गते दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम रहेको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।।।