Butwal Today

मन्त्री ज्वालाको लापरवाहीले बालकुमारी घटना : गगन

१६ पुष २०८०, सोमबार
अ+
अ-

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको चरम लापरबाहीको कारणले बालकुमारी घटना भएको दाबी गरेका छन् ।
सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मन्त्री ज्वालाको त्यस बेला गतिविधि गर्न समितिलाई माग गरे ।
त्यहाँ घटना हुँदै छ भन्ने थाहा पाउँदा पाउँदै मन्त्री ज्वालाले जबर्जस्ती र चरम लापरबाही गरेको हुनाले ठूलो दुर्घटना भएको उनले भने ।
उनले कांग्रेसको माग अनुसार आज सरकारले छानबिनको लागि आयोग बनाएको बताए ।

छानवीन समितिको काम छैन, जिम्मेवार राजनीतिक नेतृत्वले राजीनामा दिनुपर्छ भन्ने कुरा पनि आएका भन्दै उनले यो नैतिक विषय हो , हाम्रो ध्यान न्यायिक छानबिनतर्फ जानुपर्थ्यो भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?