ट्रेंडिंग:

>> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु

मेलमिलाप दिवसमा कांग्रेसको संकिर्णता : अरु दललाई बोलाउंदा रास्वपा,राप्रपा र जनमतलाई निषेध

कांग्रेसको यो कार्यक्रम राष्ट्रिय एकता र मेलमिलाप हैन सत्ता जोगाउने र गठबन्धनमै लुटपुटिएर जाने नाटक मात्रै
१६ पुष २०८०, सोमबार
१६ पुष २०८०, सोमबार

बुटवल, १६ पुस । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आज सोमबार प्रज्ञा भवनमा विमर्श सभा गर्ने भएको छ। संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरूबीच मेलमिलाप नाम दिइएको सभा दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा कार्यक्रम शुरु हुने छ । कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रमुख वक्ता रहनेछन्। यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि धारणा राख्नेछन्।

तर मेलमिलाप तथा एकता दिवस नाम दिइएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी लगायतलाई भने निम्तो गरिएको छैन। नेपालका  राष्ट्रिय मान्यताप्राप्त ६ वटा दलहरु मध्ये तीन दल रास्वपा,राप्रपा र जनमत पार्टी हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले आफूलाई लोकतान्त्रिक भनेर नथाक्ने कांग्रेसले राष्ट्रिय एकता र मेलमिलापको एजेण्डा बोकेको राप्रपा र अन्य नयां दललाई नै निषेध गर्नुले उसको असली मुखुण्डो उतारिएको टिप्पणी गरे । अहिलेको संविधानमा थुप्रै कमजोरी रहेकाले संशोधन गर्नुपर्ने आवाज जनस्तरबाट पनि उठेको र राप्रपाले पनि उठाउंदै आएको सन्दर्भमा योजनावद्ध ढंगले केही दललाई निषेध गर्नु कांग्रेसको संकिर्णता भएको उनले बताए ।  ‘फरक विचार र मत राख्ने दलहरुका विचार एजेण्डा सम्बोधन नगरी एकलौटी गरेर संविधान कार्यान्वयन हुन्छ भन्ने नसोच्दा हुन्छ’–उनले भने –‘जनताको भावना बुझेर एजेण्डा बोकेका नयां दलहरुलाई निषेध गरेर निकास निस्कन्न ।’

रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले ठूला भनिने दलहरु असफल सिद्ध भइसकेका र नयां दलहरुसंग डराएकाले मेलमिलाप दिवसमा समेत निम्ता गर्न नसकेको टिप्पणी गरे । जनताको मतबाट वहिष्कृत भई राष्ट्रिय मान्यता नपाएका दललाई बोलाउने तर जनताबाट अनुमोदित दलहरुलाई निषेध गरेर संविधान कार्यान्वयन हुन नसक्ने महामन्त्री ढकालले बताए ।

जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले कांग्रेसले लोकतन्त्र र मेलमिलापको नाम भजाएपनि उसको चरित्र त्यस्तो नभएको आजको कार्यक्रममा जनताबाट अनुमोदन भएका नवोदित तीन दललाई निषेध गर्नुले पुष्टी गरेको बताए । कांग्रेसको यो कार्यक्रम राष्ट्रिय एकता र मेलमिलाप हैन सत्ता जोगाउने र गठबन्धनमै लुटपुटिएर जाने नाटक मात्रै भएको यादवले टिप्पणी गरे ।

कांग्रेसको प्रचार विभाग प्रमुख मिन विश्वकर्माले संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरूबीच मेलमिलाप गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागेको बताए।
कांग्रेस संस्थापक नेता बीपी कोइराला आठ वर्षको निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले मेलमिलाप दिवस मनाउने गरेको छ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई २०१७ पुस १ गतेको तत्कालीन शाही कु पछि करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो। त्यससँगैआठ वर्षको सुन्दरीजल जेलमा राखिएपछि २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो। रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश व्यवस्थाविरुद्ध राजनीतिक गतिविधि सञ्चालन गरेका थिए।

दक्षिण एसियामा देखिएको राजनीतिक संक्रमणबाट देश बचाउन भन्दै उनी २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए। मुलुकको सार्वभौम सत्तारक्षाका लागि राजनीतिक दल र राजा मिल्नुपर्ने धारणा बनाएर उनी नेपाल फर्किएका थिए।
त्ससैको सम्झनामा कांग्रेसले प्रत्येक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?