© २०२३
भैरहवा, १५ पुस । रास्ट्रिय स्वतन्त्र पार्टीले भैरहवामा सरकारको बिरोधमा प्रदर्शन गरेको छ । ललितपुर बालकुमारीमा २ जनालाई नेपाल प्रहरीले गोली हानी हत्या भएको बिरोधमा प्रदर्शन गर्दै रास्ट्रिय स्वतन्त्र पार्टीकि केन्द्रिय सदस्य कुसुम महर्जनले सदन देखि सडकसम्म शान्तिपुर्ण आन्दोलन गर्ने बताइन । निरीह सरकारलाई सदैब खबरदारी गर्दै यस्ता घटनालाई अन्त्य गर्न सरकारलाई आग्रह गरिन् ।
रास्वपाका लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेलले राज्यबाट नागरिकले आशा गर्नुपर्ने अबस्था नरहेको बताए । अब युवाले नै युवालाई यो देशमा बस्ने बाताबरण बनाउनु पर्ने बताए ।
रास्वपा सिद्धार्थनगर सभापति पर्शुराम पराजुलीले यस्ता खालका गलत गतिविधि आगामी दिनमा नगर्न सरकारलाई आग्रह गरे ।
कार्यक्रममा रास्वपा क्षेत्र नं ३ का सभापति ओमु पौडेल, रास्वपाका निबर्तमान नगर सभापति सुमन न्यौपानेले सरकारले गरेका गलत कदमको बिरोध गर्दै यस्ता गतिविधिको बिरोधमा पार्टी शसक्तरुपमा सदन र सडकमा बिरोध गर्ने चेतावनी दिए ।
प्रदर्शनका सहभागीहरुले बेरोजगारको ब्यबस्था गर, रोजगारी राज्यको जिम्मेवारी, भावपुर्ण श्रद्धाञ्जली सृजन रावत र बिरेन्द्र शाह, जबाफदेहीता खोइ सरकार प्लेकार्ड बोकेर रास्वपा नेता कार्यक्रताले बिरोध प्रदर्शन गरेका थिए ।