© २०२३
बुटवल, १४ पुस । गृहणी महिलाहरुलाई आत्मनिर्भर गराउने उदेश्यका साथ देवदहका एक सहकारीका सदस्यहरुलाई ३ महिने निशुल्क सिलाईकटाई तालिम दिईएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजना तथा देवदह भलुहीको चेली कृषि सहकारी संस्थाको सहकार्यमा असोज १० गतेबाट शुरु भएको तालिम शुक्रबार समापन गरिएको हो ।
महिलालाई सीप सिकाउने अभियानमा विगत लामोसमयदेखी अग्रसर रहेको क्लबका अध्यक्ष कमला हमालले बताईन । वार्षिक रुपमा सहकारीका शेयर सदस्यहरुमध्येबाट गृहणी महिलाहरुलाई छनौट गरि ३० जनालाई रोटरी क्लब अफ बुटवल डाउनटाउनबाट सहयोग गरिएको १० वटा सिलाई मेशिन उपयोग हुने गरि तालिम दिदै आएको उनले बताईन । ‘महिला सशक्तिकरणको पाटो हामीले काम नमुना काम गर्दै आएको छौ ।’—उनले भनिन ।
तालिममा सहभागीहरुलाई दैनिक सिलाईकटाईको सैद्धान्तिक र ब्यवहारिक ज्ञान प्रशिक्षक बसन्ती कुवरले दिएकी थिईन । कार्यक्रममा चेली सहकारी संस्थाका अध्यक्ष सावित्रा बस्यालले महिलाहरुलाई आगामी दिनमा अझ थप एडभान्स तालिम दिने गरि योजना बनाउन सुझाव दिईन ।
कार्यक्रममा क्लबका अध्यक्ष कमला हमाल, निवर्तमान भरत राना, पुर्वअध्यक्ष पिताम्बर ज्ञवाली, उपाध्यक्ष धर्म ज्ञवाली, सहसचिव प्रेमा केसी, कोषाध्यक्ष शंकर ज्ञवाली, पब्लिक इमेज चेयर कमल नेपाल, पदम नेपाल, चुनिया गुरुङ, तेज कुमारी लुईटेलले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।