ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

लाखौं आर्थिक भार थप्दै बटम लोडिङ ढुवानी प्रणाली : समय सापेक्ष ढुवानी भाडा दर समायोजन गर्न व्यवसायीको माग

१४ पुष २०८०, शनिबार
१४ पुष २०८०, शनिबार

बुटवल,१४ पुस । पेट्रोलियम पदार्थ ढुवानी गर्ने टेंकर व्यवसायीहरुले समय सापेक्ष ढुवानी भाडा दर समायोजन गर्न सरकारसंग माग गरेका छन् । पश्चिमाञ्चल टेंकर व्यवसायी समितिको १६ औं वार्षिक साधारण सभामा बोल्दै उनीहरुले नेपाल आयल निगमले बटम लोडिङ प्रणालीबाट ढुवानी गर्नुपर्ने प्रावधान लागु गर्दा व्यवसायीको प्रति टेंकर लाखौं अतिरिक्त खर्च हुने भएकाले भाडा दर समायोजन नगरे व्यवसायी संकटमा पर्ने बताए ।
सो अवसरमा नेपाल आयल निगम प्रादेशिक डिपो भलबारीकी प्रमुख कमला न्यौपानेले वातावरणीय संरक्षण र ढुवानीका क्रममा हुने नोक्सानी रोक्न इण्डियन आयल कर्पोरेसनले यो प्रणाली अनिवार्य गरेकाले नेपाल आयल निगमले पनि लागु पर्ने वाध्यता रहेको बताइन् । उनले व्यवसायी र सरकार सहकार्य र समन्वय गरेर अघि बढे मात्रै आपुर्ति सहज हुने बताइन् ।
टेंकर व्यवसायी महासंघ र निगमबीच वार्ता र संवादबाट यो समस्याको निकास निकाल्न सकिने उनले बताइन् ।
कार्यक्रममा पश्चिमाञ्चल टेंकर व्यवसायी समितिका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठले आर्थिक मन्दी, चर्को बैंक ब्याज दरको मारमा परेका व्यवसायीलाई भाडा समायोजन नगरी बटम लोडिङ प्रणालीमा जान कठीन हुने बताए । बटम लोडिङमा जांदा एउटा टेंकरमा २० लाख रुपैयां बढी अतिरिक्त खर्च हुने श्रेष्ठले बताए ।
उनले व्यवसायिक एकताले मात्रै व्यवसायीले उठाएका माग सम्बोधन गराउन सरकारलाई दबाव दिन सकिने बताए ।
समितिका अध्यक्ष राधेश्यम कसौधन,पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष हिमाल गैरे,समितिका महासचिव भुपराज अर्याल,सहमहासचिव प्रेम जीएम,कोषाध्यक्ष धनेन्द्र पौडेल,शान्तकुमार शर्मा लगायतले चर्को बैंक ब्याज दर आर्थिक मन्दी जस्ता कारणले व्यवसायीहरु संकटमा परेकाले उनीहरुका माग प्रति सरकार संवेदनशील हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?