© २०२३
बुटवल ।
तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गुरुङ्हरुको महान पर्व पुस १५ ल्होसार २०८० को अवसरमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदको आयोजना र नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको सहकार्यमा बिहिबार रक्तदान गरिएको हो ।
परिषदको कार्यलय रामनगरमा गरिएको रक्तदानमा ३५ युनिट रगत संकलन गरिएको सचिव ओम प्रकाश गुरुङले बताए । रक्तदान गर्ने रक्तदात हरुलाई तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश प्रमुख झप्पट बहादुर गुरुङले प्रमाण पत्रले सम्मान गरेका थिए । संकलित रगत नेपाल नियमित रक्तदाता संघलाई हस्तान्तरण गरिएको थियो ।