ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

नेफ्स्कूनमा नयां नेतृत्व चयन लुम्बिनी प्रदेशबाट ज्ञानु पौडेल निर्वाचित

९ पुष २०८०, सोमबार
९ पुष २०८०, सोमबार

बुटवल,९ पुस । मुलुकभरिका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

नेफ्स्कूनको आईतबार सम्पन्न भएको ३२औं वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि चन्द्र प्रसाद ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । ढकालले निवर्तमान अध्यक्ष परितोष पौड्याललाई १७७ मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष ढकालले ११९६ मत प्राप्त गर्दा प्रतिस्पर्धी पौड्यालले १०१९ मत प्राप्त गुरे ।

ढकाल कांग्रेस निकट हुन् । पौड्याल एमाले निकट ।  यसैगरी निर्वाचनबाट संघको वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा घनश्याम अधिकारी र कोषाध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् ।

साधारण सभाबाट महिला संचालकमा सिता ढकाल पौडेल, मन्दरा मिश्र र कमला देबी गिरि निर्वाचित हुनभएको छ ।

यस्तै प्रदेश तर्फको संचालकमा कोशी प्रदेशबाट लक्ष्मी सापकोटा, मधेस प्रदेशबाट शोभा कुमारी राउत, बागमती प्रदेशबाट खेम राज सुबेदी, गण्डकी प्रदेशबाट गोपाल प्रसाद गौतम, लुम्बिनी प्रदेशबाट ज्ञानु पौड्याल, कर्णाली प्रदेशबाट बीर बहादुर रावत भोटे र सुदुर पश्चिम प्रदेशबाट दिप्ती शाही निर्वाचित भएका छन् ।
नेफ्स्कूनको खुला सदस्यमा नबराज अर्याल, देव कुमार श्रेष्ठ, सुशील कुमार बस्न्यात र शालिक राम ढकाल निर्वाचित भएका छन् ।

यसैगरी साधारण सभाबाट लेखा सुपरीवेक्षण समिति संयोजकमा ईन्द्र राज ज्योति पौडेल र सदस्यमा हेम राज बिष्ट र दुर्गा तिवारी सन्जेल निर्वाचित भएका छन् । निर्वाचनमा ढकाल नेतृत्वमा कांग्रेस,माओवादी र एकीकृत समाजवादी निकट सहकारीकर्मीको गठबन्धन बनेको थियो भने एमाले निकट सहकारीकर्मीहरु पौड्यालको नेतृत्वमा प्रतिष्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?