© २०२३
नवलपुर, ९ पुस ।
पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को खहरे जंगलमा दुई महिलाको शव फेला परेको छ ।
स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको शव जंगलमा भेटिएको हो ।
आइतवार दिउँसो सासू बुहारी घास काटन् जंगल गएकोमा अवेर साँझ सम्म पनि घर नफर्किए पछि खोजी गर्ने क्रममा गए राति १० बजे जंगलमा दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।
मृतक दुवै जनाको कम्परा र पछाडी पट्टी ढाडमा चोट रहेकाले स्थानीयले बाघले आक्रमण गरेको अनुमान गरे पनि पोष्टमाटम पछि मात्र यथार्थ खुल्ने प्रहरी नायब उपरीक्षक पौडेलले बताए । घटनाको बारेमा अनुसन्धान कार्य सुरु गरि दुवै शवलाई पोष्टमाटमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा राखिएको प्रहरीले जनाएको छ ।