© २०२३
बुटवल,७ पुस । दाङका व्यवसायी निमबहादुर बुढाथोकी पक्राउ परेका छन । बुढाथोकी बैंििकङ कसुरमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला अदालत बाकेले ७ लाखको चेक बाउन्समा पक्राउ पुर्जी जारी गर्न आदेश गरेपछि उनि पक्राउ परेका हुन । अदालतको आदेश कार्यान्वयन गर्नेक्रममा बुढाथोकीलाई घोराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि जनक मल्लले बताए । लामो समयदेखि कुखुरा ब्यबसायमा कारोबार गर्दै आएका उनलाई दाना कम्पनिले अदालतमा चेक बाउन्समा मुद्धा हालेको थियो । डिएसपि मल्लले बुढाथोकीलाई पक्राउपछि बाके प्रहरीलाई बुझाईएको बताए ।