© २०२३
बुटवल,७ पुस । ग्रील तथा स्टिल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा बुटवलका अशोककुमार वर्मा निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न प्रथम प्रदेश सम्मेलनले वर्माको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । वर्मा महासंघका केन्द्रीय उपाध्यक्ष र रुपन्देही जिल्लाका संस्थापक अध्यक्ष समेत हुन् । महासंघको प्रदेश उपाध्यक्षहरुमा ओम वली, विकल श्रेष्ठ, दिलबहादुर सुनार, महासचिवमा रामप्रसाद पाण्डे, कोषाध्यक्षमा चेतनारायण गैरे, सहसचिवमा युवराज दर्लामी र सहकोषाध्यक्षमा हस्तबहादुर सुनार चयन भएका छन् ।
यस्तै प्रदेश कार्यसमिति सदस्यहरुमा भागिराम थारु,सर्जुराम चौधरी,डिलबहादुर चौधरी, आदिद सिद्धिकी,दीपक भण्डारी,झविन्द्र कार्की,प्रेमबहादुर आले,हेमन्त वस्नेत,बीरबहादुर थारु,समीरसमर खाती,अर्जुनसिंह विक,सुर्य ढुंगाना,केशव बस्याल,दीपक बसिी,बाबुराम गैरे,अनिश किरण विक र अर्जुन गिरी चयन भएका छन् । नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले प्रमाणपत्र प्रदान गरे ।
नवनिर्वाचित अध्यक्ष वर्माले व्यवसायीका समस्या समाधान, व्यवसायीका हकहितमा प्रदेश सरकारसंग सहकार्य गरेर अघि बढ्ने र कामदारहरुलाई एड्भान्स तालिम दिन प्रदेश सरकारसंग सहकार्य गर्ने बताए । महासंघका अध्यक्ष ठूलोबाु श्रेष्ठले संघीयताको मर्म र भावना अनुसार सात प्रदेश मध्ये लुम्बिनी प्रदेश समिति गठन पहिलो भएको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी