ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

विना दर्ता सञ्चालित व्यवसायलाई नियन्त्रण गर्छौं : गृहमन्त्री पाण्डे

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

बुटवल, ७ पुस । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले विना दर्ता सञ्चालित जुनसुकै व्यवसायलाई कडाईका साथ नियन्त्रण गरिने बताएका छन् । विना दर्ता सञ्चालन हुने हुने व्यवसायले एकातिर राज्यको कर छली भएको र अर्कोतिर राज्यलाई कर तिरेका व्यवसायी मर्कामा परेकाले प्रदेश सरकारले यस्ता व्यवसायलाई नियन्त्रण गर्ने मन्त्री पाण्डेले बताए । ग्रील तथा स्टिल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको प्रथम सम्मेलन उद्घाटन गर्दै मन्त्री पाण्डेले समस्या देखाएर मात्र समाधान नहुने भन्दै तीनै तहका सरकारसंग समन्वय र सहकार्य गर्न व्यवसायीलाई सुझाव दिए । उनले ग्रील तथा स्टिल व्यवसायीबीच मूल्यमा एकरुपता कायम गर्न पनि प्रदेश सरकारले मातहतका निकायलाई निर्देशन दिने बताए । मन्त्री पाण्डेले सीपमूलक तालिमका लागि वजेट दिन सरकार तयार रहेको भन्दै प्रस्ताव लिएर आउन व्यवसायीलाई आग्रह गरे ।
ग्रील तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष ठूलो बाबु श्रेष्ठले देशभर ११ हजार व्यवसायीले एक लाख ६० हजारजनालाई रोजगारी दिएको भन्दै ठूला संरचना बनाउन नेपालकै व्यवसायी सक्षम भएकाले विदेशबाट आयात रोक्न माग गरे । हरेक पालिकामा ग्रील जोन स्थापना गर्न जग्गा उपलब्ध गराउनुपर्ने लगायत ७ बुंदे ज्ञापनपत्र महासंघले सरकारलाई बुझाएको तर सम्बोधन नभएको उनले गुनासो गरे ।
ग्रील तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी संयोजक अशोक वर्माले मुलुकको पुर्वाधार निर्माणमा ग्रील तथा स्टिल व्यवसायीको महत्वपूर्ण भूमिका भएकाले राज्यले व्यवसायीका समस्या सम्बोधन गर्नुपर्ने बताए । युवा जनशक्तिदेखि व्यवसायीसम्म विदेश पलायनलाई रोक्न सरकारले विशेष योजना र कार्यक्रम ल्याउनुपर्ने भन्दै उपाध्यक्ष वर्माले युवा जनशक्तिलाई स्वदेशमै सीपमूलक तालिमको व्यवस्था हुनुपर्ने बताए । आर्थिक मन्दीले मारमा परेका साना व्यवसायीलाई विद्युत महसुलमा छुट, ५ लाखसम्म विना व्याज कर्जा दिएर अर्थतन्त्र चलायमान बनाउन उनले सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा ग्रील तथा स्टिल व्यवसायी महासंघका महासचिव विनोद दास श्रेष्ठ,काठमाडौं अध्यक्ष सुनिलकुमार अमात्य,चितवन अध्यक्ष प्रेम कार्की,रुपन्देही अध्यक्ष बुद्धि गुरुङ,एस एण्ड एस स्टिल इण्डस्ट्रिज बुटवलका निर्देशक सुवास पौडेललगायतले बोल्दै व्यवसायीका समस्या समाधानमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए । प्रदेश सम्मेलनले नयां नेतृत्व चयन गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?