ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

नारायणगढ–मुग्लिन सडकखण्ड तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

बुटवल,७ पुस । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।   भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने भएको हो । सो अवधिमा चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन पाइने छ ।

काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी साधान १०ः४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए।

यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ ।

पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । बिस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताए ।

साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले बताउनुभयो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?