© २०२३
बुटवल,५ पुस । राजावादी संगठन वीर गोर्खालीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको राजीनमा माग्दै बुटवलको चौराहामा प्रदर्शन गरेका छन् ।
मन्त्री किरातीको पत्ला दहन र रांके जुलुस निकाल्ने तयारी सहित चौराहामा जम्मा भएका उनीहरु प्रहरी तैनाथीका कारण प्रदर्शन मात्रै गरेर फर्केका थिए ।
प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै बीर गोर्खालीका अगुवा विक्रम पाण्डेले ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वासमाथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको र आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूणर् अभिव्यक्ति दिएको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरे ।
राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नु पर्ने उनको भनाई छ । संस्कृति मन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्नेहरु देशद्रोही र संविधान विरोधी भएको त्यस्तालाई जेलमा कोच्नु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । मन्त्री किरातीले तत्काल राजिनामा नदिए यो विषय डरलाग्दो र विकराल हुनसक्ने चेतावनी दिँदै पाण्डेले राजिनामा नदिए आन्दोलनले चर्को रुप लिने बताए ।