© २०२३
बुटवल, ५ पुस ।
तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद जिल्ला समिति रुपन्देहीले गुरुङ्हरुको महान पर्व ल्होसार विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ ।
बिहिबार जिल्ला परिषद कार्यलय प्राङ्गण रामनगरमा पत्रकार सम्मेलन गरी गुरुङहरुको महान पर्व पुस १५ मुप्री ल्हो(गिद्ध वर्ग) ल्होसार कार्यक्रमलाई सम्पन्न गर्न कार्यबिभाजन गरिएको जानकारी गराइएको छ ।
त्यसैगरी ११ गते ८ बजे बिहान वरिष्ठ उपाध्यक्ष राम बहादुर गुरुङ्कको संयोजकत्वमा जिल्ला भरिका इकाई समितिहरुले नगरका विभिन्न ठाउँहरुमा सरसफाई कार्यक्रम गर्ने भएको छ । १२ गते ८ बजे बिहान सदस्य शेर जङ गुरुङको संयोजकत्वमा रक्तदान कार्यक्रम गर्ने, १३ गते ८ बजे बिहान सचिव ओम प्रकाश गुरुङ् र सदस्य दूध बहादुर गुरुङको संयोजकत्वमा मानव सेवा आश्रम सुख्खानगरमा दान र जिल्ला भरी साँझ ५ बजे दिपावली गरिने १४ गते संगठन सचिव आशा गुरुङ र सदस्य श्रीमाया गुरुङ्कको संयोजकत्वमा पुष्पलाल पार्कबाट बिहान १० बजे बृहत् झाँकी सहितको शान्ती र्याली नगर परिक्रमा गरी इकाई स्तरको नृत्य प्रतियोगिता कार्यलयको प्राङ्गणमा गरिने र पुस १५ गते बिहान ११ बजे उपाध्यक्ष गंगा गुरुङ्कको संयोजकत्वमा जिल्ला समिती कार्यलयको प्राङ्गण रामनगरमा शहरी बिकासमन्त्री सीता गुरुङ्कको प्रमुख आतिथ्यतामा बृहत् ल्होसार सार्वजानिक समारोहका साथ विविध साँस्कृतिक कार्यक्रम र छेलो प्रतियोगिता पनि आयोजना गरिएको मुल संयोजक बिमला गुरुङ्ले जानकारी गराइन् ।
कार्यक्रममा ल्होसार पर्वको सन्दर्भमा पत्रकारहरुको जिज्ञासा् बारे खेमालिपी केन्द्रीय भाषिक सल्लाहकार बालनर्सिङ गुरुङले जानकारी गराएका थिए । केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश प्रमुख जेबि गुरुङ तमु (गुरुङ) संचारकर्मी संघ नेपालका केन्द्रीय सचिव कुमार गुरुङ लगायतले ल्होसार पर्व बारे आफ्नो भनाई राखेका थिए । पत्रकार सम्मेलनमा संयोजक प्रचार सचिव खेमन सिङ गुरुङ, ल्होसार मुल संयोजक जिल्ला अध्यक्ष बिमला गुरुङ्क र सचिव ओम प्रकाश गुरुङले समेत कार्यक्रमबारे प्रकाश पारेका थिए ।