© २०२३
बुटवल, ५ पुस ।
येशु ख्रीष्टको जन्मोत्सव तथा नयाँ वर्ष सन २०२४ को उपलक्ष्यमा नेपाल ख्रीष्टियन समाज लुम्बिनी प्रदेश र नेपाल राष्ट्रिय मण्डली संगीतले दाङको भालुवाङमा शुभकामना कार्यक्रम गरेको छ । कार्यक्रमको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनराज मास्कीले उद्घाटन गर्दै धार्मिक सहिष्णुताको उदाहरण दिने प्रदेशमा उदाहरणीय कार्यक्रम भएको बताए । सबै धर्म र जातीहरुका अगुवाहरु संजाल बनाएर एकअर्काको पर्व ंसंगसंगै मनाउँदा यसले भाईचारा कायम हुने उनको दाबी छ । विश्वमा नै शान्तिका अद्ेयता भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर धार्मिक सदभाव महासंघ नेपाल गठन गरी नया अभियान शुरुवात भएको उनले बताए ।
समाजका अध्यक्ष बाबुराम बस्नेतले धर्म र जातको नाममा युद्ध होईन प्रेम फैलाउन जरुरी रहेको भन्दै आपसी भाईचारा हुनेगरी आफुहरु अघि बढेको बताए । ख्रीचियन समदाय प्रत्येक वर्ष डिसेम्बर २५ गतेलाई क्रिसमस दिवसलाई शुभकामना आदानप्रदान गरी मनाउदै आएको उनले बताए । यो वर्ष पुस ९ गते यो दिवस परेको छ ।
कार्यक्रममा संविधान सभा सदस्य नजिर मियाले संसारमा सबै धर्म र संस्कृतिको आआफनै महत्व रहेको भन्दै नेपाल परापुर्व कालदेखि नै मिलेर बसेको देश भएको बताए । ख्रीस्चियनहरु नेपालमा अल्पसंख्यक रुपमा ब्याख्या गरिरहदा विश्वमा बहुसंख्यकमा पर्ने दाबी गर्दै सबै धर्मलाई हेर्ने सरकारको दृष्टिकोण समान हुनुपर्ने उनले बताए ।
कार्यक्रममा नेकपा एमालेका अनुशासन विभाग केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य नेत्र पन्थी, प्रदेश सभा सदस्य दिलकुमारी बुढा, ख्रीस्चियन समाजका केन्द्रीय उपमहासचिव राजेन्द्र मल्लले सरकार ख्रीस्चियन समुदायको हकअधिकारसंगै पर्वहरुका विषयमा गम्भीर बन्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले पहिलो पटक जातिय र वर्गिय पर्खाल हटाउने गरी सिगो नेपालको पहिचान हुने गरी कार्यक्रम भएको बताए । कार्यक्रममा रुपन्देही ख्रीस्चियन समाजका अध्यक्ष तथा अन्तर धार्मिक सदभाव महासंघ नेपालका सदस्य पा.सुरज थापा, महासंघका सदस्य यम बहादुर थापा, सदस्य मेघराज घिमिरे, सदस्य शोभाखर पौडेल, धार्मिक वक्ता रेभ पा हेमदास, हिन्दु अभियन्ता अन्तर धार्मिक सदभावका सचिव पो सुरेश ज्ञवाली, अन्तर धार्मिक सदभावका सचिव गणेश घिमिरेले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।