ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

लुम्बिनी एक्स्पोमा १० अन्तर्राष्ट्रियसहित ६ सय स्टल, गार्मेन्टका सबैभन्दा धेरै

३ पुष २०८०, मंगलवार
३ पुष २०८०, मंगलवार

बुटवल,३ पुस । बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा पुस ५ गतेदेखि हुन लागेको लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलामा १० अन्तर्राष्ट्रियसहित ६ सय स्टल दर्ता भएका छन् । आर्थिक मन्दीका बीच रुपन्देहीमा आयोजना हुने ब्यापार मेला मध्ये यो स्टल संख्या सबैभन्दा धेरै हो । रुपन्देही ब्यापार संघको आयोजनामा हुन लागेको एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तान, कोरिया लगायतका देशबाट १० वटा राष्ट्रका उत्पादनका स्टल रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराए ।

रुपन्देही व्यापार संघले बिगतदेखि नै कृषिको ब्यवसायीकरण तथा आधुनिकरण, स्थानिय साना तथा घरेलु ब्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा संचार, शैक्षिक, सेवा मूलक, वैकल्पिक उर्जा, स्वदेशी उत्पादनका व्यवसायलाई महत्वपूर्ण ढंगले समावेश गर्ने प्रयास यसपटकको एक्स्पोमा पनि
व्यवहारमै कार्यान्वयन गरिएको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत कृषि, महिला उद्यमी एंव सामाजिक संघसंस्थाहरुलाई निशुल्क रुपमा केही स्टल उपलब्ध गराइएको उनले बताए ।

एक्स्पोबाट वचत भएको रकमको केही अंश बुटवलकै आर्थिक र सामाजिक क्षेत्रमा लगानी हुने भएकाले यसलाई सफल बनाउन सबैको साथ र रचनात्मक सुझाव अपेक्षा गरिएको अध्यक्ष घिमिरेले बताए ।

एक्स्पोलाई सुरक्षित बनाउन नीजि सुरक्षा कम्पनीको सहभागितामा आवश्यकता अनुसार सुरक्षा प्रवन्ध मिलाइएको र सशस्त्र र जनपद प्रहरीको संयुक्त गस्ती रहने अध्यक्ष घिमिरेले बताए । एक्स्पोको सुरक्षालाई ध्यानमा राख्दै व्यवस्थित रुपमा विभिन्न स्थानमा सिसि क्यामेराको समेत व्यवस्था गरिएको उनले बताए । एक्स्पो सम्पन्न गर्न राजनीतिक दल, संघसंस्था, सुरक्षा निकाय,समाजसेवी एवं आम नागरिकहरुको पूर्ण सहयोग प्राप्त हुनेमा आयोजक विश्वस्त रहेको उनले बताए । एक्स्पो उद्घाटनको पुर्व सन्ध्यामा मेला स्थल बुटवलमण्डपबाट बिभिन्न जात जाति, धर्म, समूदायको लोक संस्कृति झल्किने खालका झाँकी सहित जनचेतनामूलक ¥याली निस्केर बुटवल बजार परिक्रमा गर्ने छ । जन चेतना ¥यालीमा सहभागि उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको छ ।

एक्स्पोमा सबैभन्दा धेरै गार्मेन्ट तथा तयारी पोशाकका १ सय ४१ स्टल दर्ता भएका छन् । होल तथा रेष्टुरेन्टका २३, कृषिका ४३, अन्तर्राष्ट्रिय १०, ब्याग र जुत्ता चप्पलका ६८ र राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका ७८ स्टल रहने मेला आयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । श्रृंगार, उपहार तथा खेलौनाका ५२,फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिकका ५३,बैंक÷वित्तिय संस्था एवं शैक्षिक संस्थाका १८, अटोमोवाइल्का ६, सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सका १६,आइसक्रिम तथा वेकरीजका १८,स्टेशनरी तथा स्पोर्टसका ८ र औषधिजन्य ६६ स्टल रहने अध्यक्ष घिमिरेले बताए । मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए । मेलामा बुद्ध जन्मस्थल लुम्बिनीसहित प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका सम्पदा तथा सथलको प्रचारप्रसारसमेत गरिने महासचिव दयानिधि भण्डारीले बताए । कोरोना महामारीपछि सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन अन्तर्राष्ट्रिय व्यापार मेलाले टेवा पुग्ने अपेक्षा गरिएको प्रचारप्रसार संयोजक पर्शुराम पन्थले बताए । मेला अवधिमा दर्शकको मनोरञ्जनका लागि लोक दोहोरी, डान्स आइडल, विद्यालयस्तरीय लोक नृत्य, विद्यालय स्तरीय वादविवाद, ¥याप र भजन गीत प्रतियोगिता तथा चर्चित कलाकारहरुको प्रस्तुति समावेश गरिने उनले जानकारी दिए । एक्स्पोमा सहभागी स्टलको वीमा सहित स्मार्ट सुरक्षा व्यवस्था गरिएको र उद्घाटन समारोहको तयारी करिब पुरा भएको संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?