ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

बुद्धटोल विकास संस्थाको १० औं साधारण सभा, बृद्धाहरुलाई सम्मान

३ पुष २०८०, मंगलवार
३ पुष २०८०, मंगलवार

बुटवल, ३ पुस ।

बुटवल १२ तामनगरमा रहेको बुद्धटोल विकास संस्थाको १०औं साधारण सभा सोमवार सम्पन्न भएको छ । वि.स.२०६१ मा स्थापना भएको सो टोल विकास संस्थाको साधारण सभाका अवशरमा टोलमा रहेका ८० वर्ष माथीका बृद्धाहरुलाई सम्मान समेत गरेको छ ।
पुर्वमा जानकी टोल विकास संस्था, पश्चिममा राजपुर टोल, दक्षिणमा सक्रिय टोल र उत्तरमा सिस्ने प्लेट टोल विकास सस्था रहेको बुद्ध टोल बिकास संस्थाको १०औं साधारण सभामा बोल्ने वक्ताहरुले टोलमा भएको विकास र गतिविधिले समग्र वडा तथा नगरकै विकासमा प्रभाव पार्ने बताएका छन् ।
साधारण सभामा बोल्दै बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सरसफाई, हरियाली प्रर्वद्धन र मेलमिलापका लागि बुद्ध टोल बिकास संस्थाले गरेको भूमीका वडा र नगरको विकासका लागि निकै महत्वपूण रहेको बताए । आफ्ना टोल निवासी जेष्ठ नागरिकलाई गरेको सम्मान निकै महत्व रहेको बताउदै नगर प्रमुख पाण्डेले टोलमा विकासका साथै गृहणी महिलाहरुलाई सक्रिय र सिपमुलक बनाउन उपमहानगरले बिभिन्न योजनाहरु ल्याएको बताए ।
कार्यक्रममा वडा नंम्वर १२ का वडा अध्यक्ष डिल्लीराज आर्चायले वडाको विकासमा टोलले महत्वपूर्ण भूमीका खेलेको बताउदै टोलमा रहेका सबै महिलाहरुलाई सिपमुलक बनाउनका लागि आफुले वडा तथा नगर स्तरिय सिपविकासका विभिन्न योजनाहरु अघिसारेको बताए
कार्यक्रममा पूूर्व वडा अध्यक्ष दुर्गा सुवेदी, चारपाल सामुदायिक बन उपभोक्ता संस्थाका जगत पौडेल, तामनगर राजपुर खानेपानी उपभोक्ता तथा सरसफाईका जितबहादुर राहाडी, तामनगर सिकाई केन्द्रका अध्यक्ष विजय कुवँर, देउराली कृषि सहकारी संस्थाका अध्क्षय हरिहर उपाध्याय लगाएतले बोल्दै टोलले गरेका हरेक क्रियाकलाप प्रसंसनिय रहेको बताए । टोलले महिलाहरुलाई लक्षित गरेर संचालन गरेको सिपमुलक कार्यक्रमले धेरैको आयआर्जमा सुधार ल्याउने बताए ।
बुद्ध टोल विकास संस्थाका अध्यक्ष शारदा सुवेदीले वार्षिक गतिविधि प्रस्तुत गदै महिला विकासका लागि टोल ले विभिन्न किसिमका सिपमुलक कार्यक्रहरु संचालन गरि सबै महिलाहरुको समान सहभागिता जनाई आर्थिक उपार्जनमा सबल बनाउन टोल सक्रिय रुपमा लागेको उनको भनाई छ ।
त्यस्तै कार्यक्रममा महासचिवको प्रतिवेदन सुनिता गिरी र कोषध्यषको प्रतिवेदन दिपा थापाले प्रस्तुत गर्नु भएको उक्त कार्यमको स्वागत उपाध्यक्ष विष्णु खड्का क्षेत्रीले गरेका थिए । २०६१ सालमा दर्ता भएको बुद्धटोल विकास संस्थामा हाल १ सय ६ घरदुरी संख्या रहेका छन । टोलमा मासिक रुपमा सदस्यहरुमा मासिक संकलन गर्ने, प्रत्येक महिनाको पहिलो शनिवार राजमार्ग र भित्रिसडकहरु सरसफाई, सेनेटरी प्याड बनाउने तालिम, गुडिया तथा कुसन बनाउने तालिम, अगरवति बनाउने तालिम आदी संचालन गर्दै आएको छ । सो अवशरमा टोल निवासी बृद्धबृद्धाहरुलाई सम्मान समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?