ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न छलफल

२ पुष २०८०, सोमबार
२ पुष २०८०, सोमबार

बुटवल,२ पुस । गौतमबुद्ध बिमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै एक सातादेखि आन्दोलनरत पक्षसंग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार छलफल गरेको छ ।
रुपन्देहीका ३२ वटा व्यवसायिक र सामाजिक संघसंस्था आवद्ध सिद्धार्थ संजाल रुपन्देहीले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित संचालनको माग गर्दै विमानस्थलको गेटमा एक सातादेखि धर्ना बसेर आन्दोलन गरिरहेको छ । सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमवार आयोजित सरोकारवालासँगको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान छिटै नियमित संचालन हुनेमा ढुक्क रहन आन्दोलरत पक्षलाई आग्रह गरेका छन् । ‘हामी छिटै भैरहवा–दिल्ली, भैरहवा–नोयडा उडान नियमित गर्दैछौं’–मन्त्री किंरातीको भनाई उद्धृत गर्दै विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले भने–‘बिमानस्थल ह्याण्डलिङ गर्ने कम्पनीलाई एउटा उडान जसरी पनि अनिवार्य गर्ने गरी कार्यान्वयन गर्ने तयारीमा छांै ।’
छलफलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले विकेन्द्रीकरणको निति नलिंदा गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल संचालन हुन नसकेको बताए । ‘संघले अझै पनि केन्द्रीकृत मानसिकताले काम गर्दा गौतमबुद्ध बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित संचालन हुन नसकेको हो’–मुख्यमन्त्री चौधरीले भने ।
छलफलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले विमानस्थल संचालनका चुनौति र अवसरका बिषयमा धारणा राखेका थिए । नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले भैरहवा बिमानस्थल बाट उड्ने प्यासेन्जर शुल्क घटाएर र त्रिभुवन बिमानस्थलबाट उड्ने प्यासेन्जरको शुल्क बढाएर भैरहवाको बिमानस्थललाई नियमित गराउन प्रस्ताव राखेका थिए । कार्यक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक बिरेन्द्र बहादुर बस्नेतले भैरहवाबाट नोयडा उडान संचालन गर्न आफु तयार रहेको बताए ।
सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले काठमाडौंका केही व्यवसायीको निहीत स्वार्थ र दवावका कारण भैरहवा बिमानस्थल पूर्ण क्षममतामा संचालन हुन नसकेको बताए । सिद्धार्थ संजालका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रकास श्रेष्ठ, उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने,सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आवश्यक सरकारी कार्यालयहरु तत्काल स्थापना गर्न र विमानस्थलबारे नकारात्मक दुस्प्रचार रोक्न सरकारी निकायको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?