© २०२३
बुटवल, २ पुस ।
तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति रुपन्देहीले गुरुङ्हरुको महान पर्व ल्होसार भव्य रुपमा मनाउने भएको छ ।
परिषदका जिल्ला अध्यक्ष बिमला गुरुङ्कको अध्यक्षतामा सोमबार बसेको बैठकले हि ल्हो (बिरालो वर्ग) लाई बिदाई गर्ने र मु प्री ल्हो (गिद्ध बर्ग) लाई स्वागत गर्ने गरी यही पुस १५ गते शहरी बिकासमन्त्री सीता गुरुङ्कको प्रमुख आतिथ्यमा कार्यलयको प्राङ्गण रामनगरमा बिबिध कार्यक्रमका साथ ल्होसार पर्व मनाउने सचिव ओम प्रकाश गुरुङ्ले बताए ।
त्यसैगरी पुस ५ गते बिहान ८ बजे जिल्ला कार्यलय परिसरमा पत्रकार सम्मेलन, ११ गते ८ बजे बिहान जिल्लाभरि सरसफाई कार्यक्रम, १२ गते ८ बजे बिहान रक्तदान कार्यक्रम, त्यसैगरी १३ गते ८ बजे बिहान मानव सेवा आश्रम सुख्खानगरमा दान र जिल्लाभरी साँझ ५ बजे दिपावली गरिने, १४ गते बिहान १० बजे बृहत् झाँकी सहितको शान्ती र्याली र इकाई स्तरको नृत्य प्रतियोगिता कार्यालयको प्राङ्गणमा गरिने र पुस १५ गते बिहान ११ बजे जिल्ला समिति कार्यलयको प्राङ्गणमा बृहत् ल्होसार सार्वजनिक समारोह विविध साँस्कृतिक कार्यक्रम छेलो प्रतियोगिता गरी भव्य किसिमले गुरुङ्हरुको महान पर्व पुस पन्ध्र ल्होसार मनाउने तयारी भैरहेको मूल संयोजक अध्यक्ष विमला गुरुङ्ले बताईन् ।