ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

पीडित पक्ष र ट्रक समितिबिच सहमति, आन्दोलन फिर्ता

१ पुष २०८०, आईतवार
१ पुष २०८०, आईतवार

दाङ, १ पुस ।

दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार प्यूठानका दुई किशोरको मृत्युपछि उत्पन्न तनाव छलफलपछि सहमतिमा टुँगिएको छ । आइतबार बिहान जिल्ला प्रशासन कार्यालय दाङमा पीडित पक्ष र ट्रक समितिका बिचमा मृतक दुई किशोरका आफन्तलाई क्षतिपूर्ती बापत जनही साढे ६ लाख क्षतिपूर्ती उपलब्ध गराउने तथा ट्रक धनीले नयाँ मोटरसाइकल किनेर दिने सहमति भएको हो ।

मृतक दुवैको शव प्यूठानस्थित घरसम्म पुर्याइदिने र दुर्घटनापछि क्षतिपूर्तीका लागि प्यूठानबाट दाङ आएका मानिस तथा आफन्तलाई पनि घर सम्म छोड्ने बन्दोबस्त ट्रक समितिले नै गर्ने सहमति कायम भएको छ ।

सहमति कायम भएपछि उत्पन्न विवाद समाधान भएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिए । सहमतिपछि आफुहरु शवहरु लगेर जिल्ला फर्कने तयारी गरिरहेको उपाध्यक्ष पोखरेलले बताए ।

प्यूठानको झिमरुक गाउँपालिका – ४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका – ६ लुङका १८ वर्षीय सागर केसीको शुक्रबार राति उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको थियो । दुर्घटनापछि मृतक दुबै जनाको शव प्रतिष्ठानमै राखिएको छ ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका – १० झारबैरा चोकमा शुक्रबार राति ठक्कर दिएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष पोखरेलले उचित क्षतिपुर्ती र न्यायको माग गर्दै शनिबार बेलुका नै आफुहरु दाङ आइ प्रहरी प्रशासन र ट्रक धनीसंग छलफल गर्न खोजेपनि बेवास्ता गरेका कारण आइतबार बिहानैदेखि सडक बन्द गर्नु परेको बताएका थिए ।

पीडितको आवाज कसैले नसुनेपछि बिहान सात बजेदेखि घोराहीस्थित तुलसीपुर चोकमा यातायात अवरुद्ध गर्न बाध्य भएको र त्यही क्रममा प्रहरीले आफुहरुलाई जबर्जस्ती उठाएर लगेको उनले बताएका थिए ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले दुर्घटनापछि ट्रक चालकलाई नियन्त्रणमा लिइसकेको अवस्थामा बिमा बापत स्वतः क्षतिपुर्ती उपलब्ध हुने ब्यवस्था विपरित जबर्जस्त सार्वजनिक सवारी बन्द गर्न खोजेपछि आन्दोलनमा उत्रिएकाहरुलाई वार्ताको लागि लगिएको जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?