ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

न्यु होराइजनमा विद्यालयस्तरीय लोक दोहोरी प्रतियोगिता

३० मंसिर २०८०, शनिबार
३० मंसिर २०८०, शनिबार

बुटवल,३० मंंसिर । बुटवलको न्यू होराइजन माविले विद्यालयस्तरीय लोक दोहोरी प्रतियोगिता सम्पन्न गरेको छ । संस्थागत विद्यालयको आयोजनामा अन्तरविद्यालय दोहोरी गीत प्रतियोगिता रुपन्देहीमै पहिलोपटक भएको हो । प्रतियोगिता उद्घाटन गर्दै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खिमबहादुर हमालले नेपालको मौलिक कला र संस्कृतिको रुपमा रहेको लोक दोहोरीको संरक्षण,विकास र प्रवद्र्धनका लागि विद्यालय स्तरमा यस्ता प्रतियोगिता हुनु सराहनीय भएको भन्दै यसलाई निरन्तरता दिन र प्रदेशस्तरीय बनाउन सुझाव दिए । उनले लोक दोहोरी मनोरन्जन मात्र नभई यसले विद्यार्थीको वौद्धिक क्षमता र नेतृत्व क्षमता पनि विकास गर्ने बताए । हमालले बुटवल उद्योग बाणिज्य संघले आगामी फागुनमा बुटवलमा गर्ने कृषि मेलामा पनि राम्रो पुरस्कार राशीसहित विद्यालयस्तरीय लोक दोहोरी प्रतियोगिता हुने भएकाले त्यसमा पनि भाग लिन विद्यालयहरुलाई आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूले विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तरसंगै विभिन्न विधामा पनि उत्कृष्टता हासिल गराउन अतिरिक्त क्रियाकलापहरुलाई उत्तिकै प्राथमिकता दिने गरेको बताए । प्राचार्य लोकनाथ उपाध्यायले न्यू होराइजनले संस्थागत र सामुदायिक विद्यालयबीच सम्बन्ध प्रगाढ बनाउने र विद्यार्थीको वौद्धिक प्रतिभा प्रष्फुटन गराउन जिल्लास्तरीय हुंदै प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितालाई निरन्तरता दिंदै आएको र अब लोक दोहोरी प्रतियोगितालाई पनि निरन्तरता दिने बताए ।
प्रतियोगितामा शान्ति नमूना मावि मणिग्राम प्रथम, नवीन औद्योगिक मावि बुटवल दोस्रो, बुद्ध पब्लिक हाइस्कूल देवदह तेस्रो र न्यू होराइजन मावि बुटवल सान्त्वना भएका विद्यालयका शिक्षक विष्णुप्रसाद बस्यालले जानकारी दिए ।

जिल्लाका सामुदायिक र संस्थागत गरी १० विद्यालयले भाग लिएको प्रतियोगिताका विजयी विद्यालयले क्रमशः १२ हजार,९ हजार,६ हजार र ३ हजार नगद पुरस्कार पाएका प्रतियोगिताका संयोजक गणेश भण्डारीले जानकारी दिए । कार्यक्रममा निर्णायकहरु लक्ष्मण खड्का,दामोदर बस्याल र सीता राना तथा गायक नारायण लेकाली,विष्णु कंडेल,गायिका कल्पना कुसुम लगायतले दोहोरी गीत,भजन र नृत्यमार्फत माहोल तताएका थिए । चर्चित गायक गायिका र प्रतियोगी विद्यार्थीको प्रस्तुतिमा दर्शक दिर्घामा बसेका विद्यार्थीहरुले दिनभर भरपूर मनोरन्जन लिंदै रमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?