© २०२३
सुनवल, २८ मंसिर ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट प्रहरीले स्रोत नखुलेको सात लाख रकम सहित एक युवकलाई पक्राउ गरेको छ । रामग्राम–५ परासीबाट प्रहरीले ७ लाख ९ सय नेपाली रुपैयाँ सहित पाल्हीनन्दन गाँउपालिका वडा नम्बर २ हरपुर बस्ने १९ वर्षिय मोहम्मद समिर धुनियालाई पक्राउ गरेको हो ।
धुनियाँले चढेको लु ५९ प ३२३९ नम्बरको मोटरसाईक चेकजाँच गर्ने क्रममा उनको साथ बाट १ हजार दरका ४ सय, ५ सय दरका ६ सय र १ सय दरका ९ थान गरी सात लाख ९ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।
पाईन्टको भित्रि गोजीमा लुकाएर हिडेको अवस्थामा प्रहरीले उनलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालय पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।