Butwal Today

देउवा पार्टीको हैन, गुटको सभापति हुन् : गगन

२७ मंसिर २०८०, बुधबार
अ+
अ-

बुटवल, २७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवा गुटभन्दा माथि उठ्न नसकेको आरोप लगाएका छन् ।

बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको इतर समूहको भेलामा उनले १४ औं महाधिवेशपछि तीनवटा चुनाव भएका तर अहिलेसम्म एउटा पनि मापदण्ड बनाउन नसकेको र सभापतिले न्यायपूर्ण व्यवहार नगरी गुटलाई न्याय गरेको बताए । सभापति देउवाले आफ्नो गुटमा भन्दा बाहिर नहेरेको थापाले गुनासो गरे । यो पटकको राष्ट्रियसभाको निर्वाचनमा मापदण्ड बनाउनुपने र न्यायपूर्ण ढंगले गअवसर दिनुपर्ने बताए ।

उनले राष्ट्रियसभाको निर्वाचनको टिकट वितरणमा देउवा कांग्रेस सभापति बन्न सक्छन् कि सक्दैनन् प्रष्ट हुने बताए । उनले आजको बैठकमा सुशासन र एकपछि अर्को आएको काण्डको विषयमा छलफल गम्भिर छलफल भएको बताए ।