© २०२३
बुटवल,२७ मंसिर । नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा पक्षले आज वृहत भेला आयोजना गरको छ ।
आज दिउँसो एक बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना हुन लागेको हो । यसअघि भेला हिजो मंगलबार बस्ने भनिएको थियो । तर भेलामा पार्टी महामन्त्री गगन थापालाई पनि समेट्न यो बैठक आजका लागि सारिएको हो । कोशी प्रदेशमा कांग्रेसभित्र विद्रोह भएपनि शेखर र गगन सम्बन्ध चिसिएको थियो । तर गगनका ससुरा समेत रहेका नेता अर्जुननरसिंह केसीको पहलमा शेखर र गगनबीच ३ घण्टा वाता गराएपछि गगन पनि भेलामा आउन तयार भएका हुन् ।
भेलामा शेखर गगन समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी हुनेछन् ।
यसअघि लामो समयदेखि यो समूहको यस प्रकृतिको भेला हुन सकेको थिएन । यो भेलामा आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल हुनेछ । शेखर र गगन समूह एक ठाउंमा आएको अवस्थामा पार्टी स.स्थापन पक्षलाई दवाव हुने आंकलन गरिएको छ ।