ट्रेंडिंग:

>> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

बेर्शेवा प्रार्थनाको रक्तदान

२५ मंसिर २०८०, सोमबार
२५ मंसिर २०८०, सोमबार

बुटवल, २५ मंसिर । क्रिश्चियन धर्मावलम्बी अप्नाउदै आएका समुदायले सोमबार बुटवलमा रक्तदान कार्यक्रम गरेका छन । परमेश्वरको जीवित मण्डली बेर्शेवा प्रार्थना भवन बुटवल ३ गोलपार्कमा आवद्ध समुदायका रक्तदाताहरुले वार्षिक नियमित कार्यक्रम अन्तरगत दोस्रो पटक रक्तदान गरेका हुन । धर्मसंस्कृतिसंगै सामाजिक सेवामा अग्रसर रहेर आफुहरुले वार्षिक रुपमा कार्यक्रम गर्दै आएको बेर्शेवा प्रार्थना भवनका सचिव दिलिप राईले बताए । ‘किनकि प्राणीको प्राण (जीवन) रगतमा हुन्छ ।’ भन्ने मान्यतालाई आत्मसात गर्दै नियमित रक्तदान गर्दै आएको उनले बताए ।

कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष बिष्णु ढकालले उद्घाटन गर्दै रगत दान सबैभन्दा पुण्य कार्य भएको बताए । हरेक जात र धर्मको रगत सबै बिरामीलाई चल्ने भन्दै यो काममा अझ धेरै प्रतिस्पर्धा गर्न जरुरी रहेको उनले बताए । आधुनिकतासंगै विश्वभरमा नयानया रोगहरु भित्रिरहेको बेला रगतकै कारण अकाल मृत्यु हुनबाट रोक्न सकिने हुदा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको दाबी छ । रक्तदानको बारे समाजमा चेतना पुग्ने गरि टोलटोलमा आयोजना गरेर कार्यक्रमलाई प्रभावकारी बनाउन सकिने उनले सुझाव दिए ।
कार्यक्रममा बेर्शेवा प्रार्थना भवनका अध्यक्ष आईबी रानाले रक्तदान कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर युवा पिढीलाई प्रोत्साहन गर्दै आएको बताए ।

कार्यक्रममा संस्थालाई निरन्तर सहयोग गर्ने दाताहरु भुवन बराल, सम्मा परियारलाई सम्मान गरिएको थियो ।
नेपाल रक्तसंभार केन्द्र, रक्तसंचार केन्द्र बुटवलको आयोजनामा भएको कार्यक्रममा ३२ युनिट रगत संकलन भएको संस्थाका सदस्य ध्रुव कुमार रणपालले बताए ।

क्रिश्चियन धर्मावलम्बीहरुको यो समाज बिसं २०४२ सालदेखि स्थापना भएको हो । बुटवल बमघाटमा साढे ६ सय जना घरधुरीहरुका सदस्यहरु यसमा आवद्ध छन । यी धर्मावलम्बीहरु शनिबार बिहान यही प्रार्थना भवनमा पाठ गर्छन । बिस २०६५ मा विधिवत दर्ता भएको संस्था सामाजिक कार्यमा समेत अग्रसर रहेको एल्डर डिकन ईन्द्र बहादुर रानाले बताए ।
आर्थिक रुपमा कमजोर भएका परिवारलाई सहयोग समेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?