© २०२३
बुटवल, २५ मंसिर ।
लैगिक हिसा बिरुद्ध १६ दिने अभियान अन्तर्गत आइतबार वृहत निःशुल्क स्वस्थ्य परीक्षण तथा अभिमुखीकरण कार्यक्रम गरी समापन गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजना तथा ओम महिला तथा बाल अस्पतालको प्राविधिक सहयोगमा तिलोत्तमा नगरपालिकाको वडा नं २ का करीब २ सय ५० जना महिलाहरुको निशुल्क मधुमेह र ब्लड प्रेसर जाच गरिएको हो ।
तिलोत्तमा स्थित ठकुरी सभा हलमा भएको कार्यक्रमको रोटरी इन्टरनेशनल ३२९२ जोन २६ का एजी सुनिल श्रेष्ठले शुभारम्भ गर्दै क्लबबाट नया ढंगको कार्यक्रमको शुरुवात भएको बताए । लैगिक हिसालाई महिला स्वस्थ्य तथा सचेतनासंग जोड्दा प्रभावकारी भएको उनको दाबी छ ।
कार्यक्रममा क्लबका अध्यक्ष कमला हमालले सामाजिक कार्यको महाअभियानमा लागेको रोटरीमा आफनो क्लब फरक र नयापनको उदाहरण दिन सफल भएको बताए । क्लबमा सबैको साथ र सहयोगबाट उर्जा मिल्दा नया काममा अग्रसरता बढ्दै गएको उनले बताईन् ।
कार्यक्रममा सहभागी महिलाहरुलाई लैगिक हिसा, यसका कारण, हाम्रो समाजमा रहेको अवस्था र कानुनी उपचारका बारेमा अधिवक्ता मिना पाण्डे र हेमा न्यौपानेले सहजिकरण गरेका थिए ।
कार्यक्रममा क्लबका पुर्वअध्यक्ष टंक पराजुली, पिताम्बर ज्ञवाली, जीबन कक्षपति, सचिव प्रकाश पौडेल, भाईस प्रेसिडेन्ट सुविता सैजु, सदस्य कमल नेपाल, सदस्य चुनिया गुरुङले कार्यक्रम निक्कै उपलब्धिमुलक भएको बताए ।
क्लबका महिला सशक्तिकरण चेयर तथा कार्यक्रम संयोजक विद्या थापाले समुदायमा अझै पनि लैगिक हिसाको जोखिमबारे अनविज्ञता रहेको भन्दै कार्यक्रमलाई थप प्रभावकारी बनाउन वर्षभरि नै निरन्तरता दिनेगरी जानुपर्ने बताईन् ।