ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस
उजिरसिंहमा हिरक जयन्ती

सामुदायिक विद्यालयहरुलाई एकीकृत विकासको मोडलमा लैजान सुझाव

२५ मंसिर २०८०, सोमबार
२५ मंसिर २०८०, सोमबार

स्वस्तिक श्रेष्ठ
बुटवल, २५ मंसिर ।

बुटवलका सामुदायिक विद्यालयहरुलाई एकीकृत विकासको मोडलमा लैजानुपर्ने सरोकारवालाहरुले बताएका छन् । एक विद्यालय एक विषय अध्यापनको अभियानलाई स्थानीय सरकारले अघि बढाउनुपर्ने उनीहरुको सुझाव छ ।

बुटवलको पुरानो मध्येको एक उजिर सिह माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहको अवसरमा विद्यालयमा गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले बुटवलको सबै सामुदायिक विद्यालयहरुलाई एकीकृत गरी विषय केन्द्रित शैक्षिक अभियान थाल्नुपर्ने सुझाव दिए ।

सामुदायिक विद्यालयहरुलाई विज्ञान, ब्यवस्थापन, प्राविधिक, शिक्षा, आईटी लगायत गरी फरकफरक विषयको अध्यापन गराउने गरी फरकफरक भूमिका प्रदान गर्नुपर्ने उनीहरुले बताए ।

हिरक महोत्सवको अवसरमा विविध सप्ताहब्यापी कार्यक्रम गरी मनाउन लागेको विद्यालयका प्रधानाध्यापक पदमराज ज्ञवालीले बताए । ‘संविधान दिवसको अवसरमा कर्नेल उजिर सिहको अर्धकदको मुर्ति स्थापनासंगै शुरु भएको छ’– उनले भने । मंगलबार बृहत् रक्तदान, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, टोल विकास संस्थास्तरीय हाजिरीजवाफ प्रतियोगिता, साहित्यिक कार्यक्रम, खेलकुद प्रतियोगिता, नगरस्तरीय विद्यालय बक्तृत्व कला प्रतियोगिता, सास्कृतिक कार्यक्रम, नगरस्तरीय विद्यालय सांस्कृतिक प्रतियोगिता हुने उनले बताए ।

यसैगरी मूल समारोह पुस ७ गते हुने उनले बताए । विद्यालय स्थापना भएको ६० वर्ष पूरा गरेको अवसरमा हीरक जयन्ती समारोह २०८० मनाउने तयारीमा रहेको बेला भएको हो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विमल बहादुर शाक्यले वि.स २०२० सालमा स्थापना भएको विद्यालय पछिल्लो समय भौतिक र शैक्षिक सुधार गरेको बताए ।

विद्यालयका शिक्षक, अभिभावक, जग्गादाता, समाजसेवी, विद्यार्थीहरुको सहयोगबाट नै उपलब्धि हासिल गरेको भन्दै उनले हिरक महोत्सवको अवसरमा सम्मान कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए । शैक्षिक विकास हुने क्रम स्थापनाकालमा शिक्षकहरु न्यून रहेको बेला प्राथमिक पाठशाला नं २ तिलोत्तमा आफू पहिलो पटक अध्ययन गराएको स्मरण गर्दै धेरै कठिनाई र चुनौती पार गर्दै वर्तमान समयमा शैक्षिक विकास भएको बताए ।

तत्कालीन समयमा १ नम्बर कालिका, ३ नं ज्ञानोदय र ४ नं सरस्वती आधारभुत विद्यालय रहेको उनले बताए । विद्यालयबाट प्रकाशन गर्न लागेको मुखपत्र उजिर सिह संग्रह–२ धेरै उपयोगी हुनेमा आशावादी रहेको उनले बताए । बुटवल क्षेत्रको विद्यालयको एकैदिन शैक्षिक मेलाका रुपमा मनाउन स्थानिय पालिकाको पहल जरुरी रहेको उनले बताए ।

बुटवलका सामुदायिक विद्यालयहरुलाई विषयगत पठनपाठनको ब्यवस्था, पाठ्यक्रम परिमार्जन लगायत गर्न जरुरी रहेको उनले बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं २ का वडा सदस्य गौतमलाल शाक्य, प्रमुख सल्लाहकार टेक बहादुर थापा, शिक्षक अभिभावक संघका सभापति सुहाबहादुर नेपाली, विद्यालयका शिक्षक याम प्रसाद श्रेष्ठले बुटवलको शैक्षिक सुधारका योजनाहरु बारे प्रकाश पारे । विद्यालयमा हाल १ हजार १ सय ६६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?