© २०२३
लमही, २५ मंसिर । लुम्बिनी प्रदेशमा सबैभन्दा बढि घरेलु हिंसा हुने जिल्लामा बाँके पहिलो नम्बरमा परेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनाको अवधिमा विभिन्न खाले हिंसामध्ये ९ सय ५० घरेलु हिंसामा सबैभन्दा बढि बाँकेमा देखिएका हुन । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको तथ्याङ्कका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि कार्तिक मसान्तसम्म साढे नौ सय घरेलु हिंसाका घटना दर्ता अधिकारी सरस्वती थापाले जानकारी दिइन ।
उनका अनुसार ४ महिनामा बाँके जिल्लामा सबैभन्दा बढी दुई सय ८२ वटा घरेलु हिंसाका घटना भएका छन् । त्यसपछि रूपन्देहीमा एक सय ७६, कपिलवस्तुमा एक सय सात, नवलपरासीमा ८९, बर्दियामा ७५, दाङमा ५८, गुल्मीमा ३५, अर्घाखाँचीमा ३३, पाल्पामा ३०, प्युठानमा ३०, रोल्पामा २० र रुकुम पूर्वमामा १५ वटा त्यस्ता घटना भएका छन् । कार्यालयमा दर्ता भएका साढे नौ सय घटनामध्ये हालसम्म चार सय ८८ घटना मिलापत्र भइसकेका छन् । ती मध्ये ८४ मुद्दा मिलापत्र हुन नसकी अदालत पठाइएको थापाले जानकारी दिइन् । उनका अनुसार तीन सय ७८ वटा मुद्दा मिलापत्रको प्रक्रियामा रहेका छन् ।
तथ्याङ्क हेर्दा गत आर्थिक वर्ष २०७९/०८० मा प्रदेशका १२ वटा जिल्लामा दुई हजार आठ सय ८८ वटा घरेलु हिंसाका घटनाहरू भएको थियो । ती मध्ये दुई हजार ४६ वटा मुद्दा मिलापत्र भइसकेका छन् भने चार सय २४ वटा मिलापत्र हुन नसकी अदालत पठाइएका छन् । थप ५१ वटा मुद्दामा मिलापत्रको प्रक्रियामै रहेका छन् । गत वर्षको तथ्याङ्क नियाल्दा बाँकेमा सबैभन्दा धेरै आठ सय ५५ वटा घरेलु हिंसाका घटना दर्ता भएका थिए । त्यस्तै लुम्बिनीका १२ जिल्लामा चालु आर्थिक वर्षमा जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बहु विवाह, बाल विवाह,अवैध गर्भ पतन, बोक्सी आरोप, जातीय छुवाछुत, बालयौन दुराचार,अप्राकृतिक मैथुन र मानव बेचबिखन गरि दुई सय ४६ वटा महिला बालबालिका विरुद्ध अपराध घटना भएका छन् । जस मध्ये एक सय ४९ वटा मुद्दा फछ्र्याैट भएका छन् भने ९७ वटा प्रक्रियामा छन् । तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा महिला तथा बाल बालिका विरुद्ध छ सय ८४ वटा अपराधका घटना भएका थिए । ती मध्ये आठ सय ८४ फछ्र्याैट भइसेकेका छन् भने थप एक सय फर्छ्यौट हुन बाँकी रहेका छन् ।
महिला हिंसा विरुद्धको अभियान समापनः
मसिर ९ अर्थात् नोभेम्बर २५ देखि सुरु भएको लैगिक हिम्सा विरुद्धको १६ दिबशिय अभियानको आइतबार समापन भएको छ । लमही नगरपालिका एक कार्यक्रम बिच अभियानको समापन गरिएको हो ।अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाकि उपमेयर लक्ष्मी योगीले लुम्बिनी प्रदेशमा सबै भन्दा घरेलु हिम्सा बढी देखिए भन्दै जनप्रतिनिधि त्यसमा पनि न्यायपालिकालाइ चौनुती थपियको बताइन । उनले हिम्सा अन्त्य गर्न आफैबाट सुरुवात हुन जरुरी रहेको बताइन । अभियानको पहिलो दिन हिम्सा नगर्ने र हिम्सा असहने प्रतिबद्ध सहित ब्यानरमा हस्ताक्षर गरि सुरु भएको थियो।