ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

अपांगता भएका व्यक्तिलाई सीप मार्फत स्वरोजगार बनाउछौंःनगरप्रमुख पाण्डेय

२४ मंसिर २०८०, आईतवार
२४ मंसिर २०८०, आईतवार

बुटवल(बुटवल टुडे) २४ मंसिर– बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले अपांगता भएका व्याक्तिहरूलाई तालिम प्रदान गरी आत्मनिर्भर बनाउने योजनामा नगरपालिका रहेको बताएका छन् । नेत्रहिन संघ रूपन्देहीको आयोजनामा ३२ औ अपांगता दिवसको अवसरमा तामनगरमा आयोजना गरिएको शुभकाना आदान प्रदान, छात्रवृत्ती वितरण कार्यक्रममा बोल्दै मेयर पाण्डेयले यहि आर्थिक बर्षमा १०० जना अपाङता भएका व्याक्तिहरूहरूलाई मात्रै तालिम प्रदान गरी उनीहरूलाई स्वरोजगार बनाउने कार्यक्रम रहेको बताएका हुन ।

उनले अपाङता भएका व्याक्तिहरू दयाको भावले भन्दा पनि उचित अवसरको खोजीमा रहेको भन्दै सोही अनुसार क्षमता विकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा बोल्दै मेयर पाण्डेयले अपांगता भएका व्याक्तिहरूको हक, अधिकार र हितका लागि जहिले पनि आफु तयार रहेको भन्दै यसको लागि कुन वर्गका अपाङता भएका व्याक्तिहरूहरूको लागि के कस्तो प्रकृतिका तालिम आवश्यक रहनेहुन, त्यसको लागि नगर उपप्रमुख संयोजक रहेको अपांगता संमन्वय समिति मार्फत प्रस्ताव ल्याउनको लागि समेत आग्रह गरेका थिए ।

अहिलेको प्रतिस्पाधात्मक समयमा तालिम, सिप र क्षमता विकास गर्न सकेमा मात्रै उनीहरू आत्मनिर्भर स्वालम्बन बन्ने भन्दै उनले यसको लागि स्थानीय सरकार जहिले पनि हातेमालो गर्न तयार रहेको बताए । नेत्रहिन संघ रूपन्देहीको भवन निर्माणको लागि जग्गा प्राप्ती लगायतको विषयमा आफुले सहयोग गरेको स्मरण गर्दै उनले अपांगता मैत्री शौचालय निर्माणका लागि यही बर्ष नै बजेट विनियोजन भएको जानकारी दिए । यस्तै भवनमा दृष्टिविहिनता भएका व्याक्तिहरूको लागि तालिम केन्द्रको रूपमा सभा हल निर्माण गर्नको लागि पनि आफुले नगरको बजेटबाट संभव नभएमा प्रदेश सरकार संग समेत सहयोग मागेर पुरा गरिदिने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्यि अपाङ महासंघ नेपालका प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपांगता भएका व्यक्तिहरूको हितको लागि महासंघ जहिले पनि तयार रहेको भन्दै यसको लागि तिन वटै सरकार संग संमन्वय, पैरैवी गर्नको आफु तयार रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य शिला घिमिरेले अपाङता भएका व्याक्तिहरूरुको सवाल, तीन वटै सरकारको साझा सवाल भएको भन्दै यसको लागि सबै जनाले हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल नेत्रहिन संघ लुम्बिनी प्रदेश अध्यक्ष बालकृष्ण मरासीनले स्वगात मन्तव्य राख्दै अपांगता मैत्री पुलको माग गरेका थिए । अध्यक्ष कृष्ण बहादुर जिसीले अपांगता भएका व्याक्तिहरूको लागि नगरपालिकाबाट सहयोग र सद्भाव जहिले पनि रहेको भन्दै यसलाई अझ बढाउनको लागि माग गरे । नगरपालिका बाट प्रत्येक बर्ष १ लाख रूपैयाँविनियोजन हुदै आएकोमा कार्यालय सञ्चालन लगायतका लागि करिव ३ लाख रूपैयाँ विनियोजन गर्नको लागि मेयर पाण्डेयसंग माग गरेका थिए ।

सोही कार्यक्रममा दृष्टिविहिनता भएका विभिन्न व्याक्तिहरलाई सेतो छडी वितरण गरिएको थियो । भने नेत्रहिन संघ रूपन्देहीका पुर्व अध्यक्ष तथा प्रदेश अध्यक्ष बालकृष्ण मारासीनीले स्व. बुबा टिकालाल मरासीनीको स्मृतिमा स्थापना गरेको अक्षयकोष बाट अपांगता भएका व्यक्तिहरूका सन्ततीहरूलाई शिक्षा आर्जनको लागि शैक्षिक छात्रवृत्ती समेत प्रदान गरिएको थियो । यस्तै सोही कार्यक्रममा नवलपरासीका टिकाकुमारी चितौरेबाट २१ हजार १ सय ५ रूपैयाँको नयाँ अक्षयकोष समेतस्थापना गरिएको थियो । जसको रकम संस्थाका अध्यक्ष कृष्ण बहादुर जिसी र कोषाध्यक्ष ओम बहादुर सिंह लाई संस्थापकका छोरी पुष्पा चितौरेले प्रदान गरेकी थिईन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?