ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

ट्राफिक प्रहरीको सक्रियतामा सडक मार्किङ गर्दै सवारी साधन व्यवस्थापन

ट्राफिक प्रहरीले गरेको कामबाट बजार सौन्दर्य देखिनुको साथै सवारी साधन समेत व्यवस्थित पार्किङ हुँदा बजारको मुहार नै फेरिएको र जेब्रा क्रसिङ हुँदा बजार सुन्दरतासँगै पैदलयात्रुलाई आवत जावत गर्न समेत सहजता भएको उनीहरूको भनाई छ ।
२४ मंसिर २०८०, आईतवार
२४ मंसिर २०८०, आईतवार

चन्द्रौटा (कपिलवस्तु), २४ मंसिर । कपिलवस्तुकोे शिवराज नगरपालिका–५, चन्द्रौटामा रहेको ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । चन्द्रौटा ट्राफिक पोष्टका इन्चार्ज तथा प्रहरी नायब निरीक्षक दामोदर मल्लको नेतत्वमा व्यापारीक केन्द्रमा रहेको बजार सौन्दर्यकरण गर्नका लागि सवारी पार्र्किङ, जेब्रा क्रसिङ, लाइन, ठेला लगायतलाई उचित व्यवस्थापन गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको जनाइएको छ । मल्लले भने ः“सडक पर्याप्त भएपनि व्यवस्थापन नहँुदा कुरूप देखिएको थियो । अब सुधार ल्याउने प्रयास गरेका छौँ ।”
शिवराज नगरपालिका र सडक डिभिजन शिवपुरको समन्वयमा सवारी र आम नागरिकको चाप बढी भएको स्थानको सडकको बीच भागमा मार्किङ गरिएको निरीक्षक मल्लले जनाए । चन्द्रौटा बजार क्षेत्रमा यातायात र पार्किङलाई व्यवस्थापन गर्न सडक मार्किङ गर्ने काम थालिएको मल्ल बताउँछन् ।

बढ्दो ट्राफिक समस्याले स्थानीय बासि र पैदल यात्रु निकै समस्यामा परेको गुनासो आएकोले ट्राफिक नियमलाई थप व्यवस्थापन गर्न सक्रियता जनाएको छ । दैनिक जसो हुने साना ठुला दुर्घटनालाई नियन्त्रण गर्न चन्द्रौटा ट्राफिकले चेकजाचलाई समेत कडाइ गरिएको मल्लको भनाइ छ ।
तिब्र ध्वनिमा दौडने मोटरसाइकल पुर्ण रूप नियन्त्रण लिएको मल्लले बताए । लुम्बिनी प्रदेशको राजधानी नजिक रहेको यो बजारलाई थप व्यवस्थित बनाउन सबैको सहकार्य आवश्यक रहेको उनले जोडदिए ।

ट्राफिक प्रहरीका अनुसार अत्यन्तै साँघुरा सड्क, बढ्दो सवारी चाप, पैदल यात्रुको जथाभावी सड्क काट्ने बानी लगायत कारणले सडक दुर्घटना जोखिम बढेको छ । बढ्दो ट्राफिक जाम नियन्त्रणको लागि जेब्रा क्रसिङ र लाइन मार्किङ गर्ने कार्यलाई तिब्रता दिएको ट्राफिक प्रहरीले जनाएको छ । नगरपालिकाका नगर प्रमुख अजय थापाले बजार व्यवस्थापन गर्न नगर प्रतिबद्ध रहेको बताए । स्थानिय प्रहरी, सडक डिभिजन लगायत सम्बन्धित निकायसँग समन्वय गरी कार्य गरेको जिकिर गरे ।

ट्राफिक प्रहरीले यतिबेला गरेको कार्य सराहनिय रहेको प्रशांसा गर्दै बजार सौन्दर्य देखिनुको साथै सवारी साधन समेत व्यवस्थित पार्किङ हुँदा आम नागरिकलाई किनमेल गर्न देखि लिएर बजारको मुहार नै फेरिएको स्थानिय व्यवसायी गोपाल प्रसाद बन्जाडेले बताउँछन् । जेब्रा क्रसिङ हुँदा बजार सुन्दरतासँगै पैदलयात्रुलाई आवत जावत गर्न समेत सहजता भएको स्थानीय गणेश थारुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?