ट्रेंडिंग:

>> सर्वसाधारणका लागि धरहरा खुला गरिदै >> विज्ञापनमा एकरूपता कायम गर्ने निर्णय >> आर्थिक र पूर्वाधार विकासमा त्रिवेणीको जोड >> आगलागी पीडित आहातमाः राहात पालिकाको खातामा >> अमेरिकामा हुने त्रिदेशीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक >> एमाले सचिवालय बैठक बस्दै : वार्षिक कार्ययोजनाबारे छलफल हुने >> किसान बचाउने मोडेलको सिको गरौं >> गाउँको उत्पादन बजारीकरण गर्दै बेल्बासे >> सिक्टा सिंचाइः किसानलाई देखाउने दाँत >> तस्करले छाडेनन तुरियाखोला >> होटल ब्यवसायी, क्याटरिङ, उद्योग संघ र ब्यापार संघ अन्तिम चारमा >> आजको मौसमः तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना >> न्यायलयले न्याय मारेर घुस लिएको भन्दै नाराबाजी >> नवलपुरमा दसैँ मेला लाग्ने >> लुम्बिनीमा पारित भयो स्थानीय सेवाको गठन सम्वन्धी विधेयक >> ३ बर्षे रणनीति बनाउन चेम्बर लुम्बिनी को सिङ्गो टिम पाल्पामा >> प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेपछि महासंघको विरोध >> भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन >> प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता >> समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत >> दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु >> नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार >> एमालेको बहुमत नहुँदासम्म चाहेजस्तो विकास हुन सक्दैन : लिला गिरी >> नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक >> युएनडिपीको कार्यक्रमलाई नतिजामुखी बनाउनुपर्छ : मन्त्री शाह >> सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध >> कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत >> चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय >> बुटवल–गोरुसिङ्गे सडक बिस्तार दसैं तिहार पछाडि थालिने >> कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा >> प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना >> इन्जिनियर्स एसोसिएसनको चुनावः लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा >> संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव >> प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै >> प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता >> निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने >> निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो >> इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर >> मन्त्रिपरिषद्को बैठक आज बस्दै >> पालिका र जिल्ला केन्द्रित आन्दोलन गर्ने नेकपा बहुमतको घोषणा >> चार्जिङ स्टेशन बाट ११ लाख आम्दानी >> व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन >> ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने >> विद्यालयको सामाजिक परिक्षणको दुरावस्था >> वन पैदावारबाट ७१ लाख राजस्व >> राजस्व मिलाउन लसुन तस्करको दौडधुप >> तरकारी बेच्न किसानलाई हाईसन्चो >> यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर >> माैसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना >> एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर

पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा

२२ मंसिर २०८०, शुक्रबार
२२ मंसिर २०८०, शुक्रबार

पोखरा ।

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले पुरानो शिक्षा नीतिले गुणस्तरीय शिक्षा दिन नसकिने बताएकी छन् । दक्ष जनशक्ति उत्पादनका लागि नयाँ शिक्षा नीतिको आवश्यक रहेको बताउदै मन्त्री सिम्खडाले पुरानो शिक्षा नीतिलाई चिर्दै अगाडि बढ्नुपर्ने बताइन् । मूलुकमा संघियता कार्यान्वयन भइसक्दा पनि शिक्षा क्षेत्रमा भने संघियता नआइसकेको उनको भनाई छ ।

गण्डकी प्रदेश शिक्षा निर्देशनालयद्धारा आयोजित ‘म विद्यार्थी र विद्यार्थी मेरा लागि’ भन्ने मूल नाराका साथ एघारवटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख र स्थानीय तहका शिक्षा शाखा प्रमुखका लागि अभिमुखिकरण कार्यक्रमको उद्घाट्न गर्दै मन्त्री सिम्खडाले तीन तहकै सरकारलाई मिलाएर नयाँ शिक्षा नीति कार्यान्वयनमा जोड दिनुपर्ने बताएकी हुन् ।

१२ कक्षा पास गरेपछि स्नातक तह पढ्ने विद्यार्थीको संख्यामा गिरावट आएको र पासवर्ड बोकेर एयरपोर्ट धाउने दक्ष युवालाई रोक्ने शिक्षा नीति नै अहिलेको आवश्यकता रहेको उनले बताइन् । ‘परम्परातगत शैलीमा नै चल्ने हो भने अवको केही वर्षभित्र जे पनि हुन सक्छ’ उनले भनिन, ‘संघिय शिक्षा ऐन नआउदा पनि प्रदेशले बाटो पाएको छैन् । शिक्षा सम्बन्धि ६ वटा विधेयक ड्राफ्ट छन् । तर, संघिय शिक्षा ऐन नआउदा हामीले पनि शिक्षा ऐन ल्याउन पाएनौ ।’ प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनको धारण थियो । ‘अहिलेको शिक्षा कति वैज्ञानिक छ यसतर्फ बहस चलाउनुपर्ने समय भयो’ उनले थपिन् ।

प्रदेश शिक्षा विकास निर्देशक अम्बिकाप्रसाद आचार्यले प्रदेश शिक्षा नीति, २०७८ र राष्ट्रिय शिक्षा नीति, २०७६अनुसार प्रदेश सरकारले काम गर्दै आएको बताए । अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेश शिक्षा क्षेत्रमा अगाडि रहेको दावी गर्दै निर्देशक आचार्यले गणित, विज्ञान र अंग्रेजीका विषयगत शिक्षकको संख्या कमी रहेको बताए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले गुणस्तरीय शिक्षाको अभावकै कारण उच्च शिक्षामा अध्ययनरत विद्यार्थीको संख्या घट्दै गएको बताए । सीटीईभीटी गण्डकी प्रदेशका प्रमुख दामोदर देवकोटाले पनि प्राविधिक शिक्षामा जोड दिए । निर्देशनालयका उपसचिव घनश्याम पौडेलले गण्डकीमा शिक्षा क्षेत्रको सहि तथ्यांक नै भेटाउन मुस्किल रहेको बताए । शिक्षा सेवा समाजका अध्यक्ष अनन्तराज लम्सालले विद्यार्थीको संख्या बढाउनतर्फ ध्यान दिनुपर्ने धारण राखे ।

गण्डकी प्रदेशमा ४ लाख ८३ हजार ५ सय ८९ विद्यार्थी छन् । जसमध्ये संस्थागततर्फ १ लाख ६७ हजार ५ सय ७८ विद्यार्थी छन् । यसैगरी, स्थायी, करार, राहत र नीजि गरी ४ हजार १ सय ७५ शिक्षक रहेका छन् । दुई वटा विश्वविद्यालय रहेको यस प्रदेशमा ३ हजार ४ सय १४ वटा सामुदायिक विद्यालय, ६ सय २३ संस्थागत, ५५ वटा धार्मिक विद्यालय र २ सय ४४ सामुदायिक सिकाई केन्द्र रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?