Butwal Today

मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ

२२ मंसिर २०८०, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

बिहीबार मध्यराति काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ भने दुई जना पक्राउ परेका छन्।

फ्लाई दुबईको जहाजबाट काठमाडौँ आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए। ‘उनले म त भरिया मात्र हुँ, मलाई मीन घलेले ल्याउन लगाएको भनेपछि मीनलाई पनि धुम्बाराहीबाट पक्राउ गरेका छौँ’, डीआईजी चन्दले  भने।

उनका अनुसार चन्द्र घले बिहीबार राति ११ बजेर ५६ मिनेट जाँदा फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौँ अवतरण गरेका थिए।

‘उनले दुई/दुई किलोका सातवटा बिस्कुट बनाई अस्कोटमा लुकाएका रहेछन्’, डीआईजी चन्दले भने, ‘जोख्दा सुन १४ किलो पुग्यो।’