© २०२३
नवलपुर, २२ मंसिर ।
पूर्वी नवलपुर दलदलेका एक जना फेन्सी व्यवसायीमाथि कुटपिट भएको छ । कुटपिट गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ ।
देवचुली नगरपालिका १५ प्रगतिनगर बजारमा फेन्सी पसल सन्चालन गर्दै आएका तुलसीराम भट्टराईमाथि बुधबार दिउँसो कुटपिट भएको हो । भट्टराईमाथि कुटपिटको आरोपमा प्रहरीले स्थानीय १८ वर्षीय सुजन सुनार र ५८ वर्षीय आयुष सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद प्रसाद पौडेलले बताए ।
उनीहरुले भट्टराईलाई पसलको सटर बन्द गरेर कुटपिट गरेका हुन् । बन्द सटरबाट ठुलै आवाज आएपछि स्थानीयले भट्टराईको उद्दार गरि कुटपिट गर्नेलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।
कुटपिटबाट घाईते भएका भट्टराईलाई स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज पठाईएको छ । कुटपिट गर्ने दुवै जना अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पौडेलले जानकारी दिए ।