Butwal Today

ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली

२१ मंसिर २०८०, बिहीबार
अ+
अ-

बुटवल,२१ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको बताए । उनले जनतामा निराशा र अन्योल बढ्दो क्रममा रहेको, युवाहरु पलायन भइरहेका र अर्थतन्त्र ध्वस्त हुँदै गएको भन्दै कर्मचारी पाल्नका लागि आन्तरिक ऋण उठाउनुपरेको बताए ।
अध्यक्ष ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप पनि लगाए ।

बिहीबार मेची महाकाली अभियानअन्तर्गत बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताए । अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने बताए ।

उनले अहिलेको सरकारले स्वाधिनता कमजोर बनाएको र विकासका कामहरु ठप्प पारेको अरोप लगाए । उनले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे ।
अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो , इमान नभएर लाज नमानेर मात्रै सरकारमा बसिरहेको छ भन्दै आरोप लगाए ।