© २०२३
काठमाडौं,२० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुटुमा समस्या भएर गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा उपचाररत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अस्पताल पुगेर भेटेका छन् ।
बाँसबारी पुगेर प्रधानमन्त्रीले श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। गृहमन्त्री श्रेष्ठ मंगलबार साँझ गंगालाल राष्ट्रिय हृदय केन्द्र भर्ना भएका थिए। श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ।
चीनको भ्रमणमा रहेका बेला गत असोज ३० गते, गृहमन्त्री श्रेष्ठलाई मुटुमा समस्या देखिएको थियो। त्यसपछि उनलाई चीनमै अस्पताल भर्ना गरिएको थियो।