© २०२३
सुनवल,१९ मंसिर । पश्चिम नवलपरासी सरावल गाउँपालिका वडा नं ७ बर्गदवामा रहेको बर्दघाट कालिका ईङ्गलिस स्कुलमा अध्ययनरत एक बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका छन् । कक्षा एकमा अध्ययनरत ९ वर्षिय कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानध्यापक समेत रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेका हुन् । कुटपिट बाट बालिकाको शरिरमा रातो डाम(धब्बा) बसेको छ । बालिकाको घरमा गएर समेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेको यादवले विद्यालय आएपछि लौरो र लात्तिले प्रहार गरेको अभिभावकले बताएका छन् । घटना पछि विद्यालयमा तालाबन्दी गरिदिएको वडा अध्यक्ष हायात खाँ धुनियाँले जानकारी दिए । शिक्षक यादवले पटक पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दे आएको स्थानियले बताएका छन् ।
स्थानिय ओमप्रकाश ठाकुरले विद्यालयका बालबालिकाका कुट्ने काम शिक्षक यादवले पटक पटक गर्दे आएको बताएका छन् । पिडित बालिका राजभरलाई विद्यालय नआएको भन्दै घरमै कुटपिट गरेको र विद्यालय गएपछि पनि मरणासन्न हुने गरी कुटेको बालिकाले बताएकि छन् । उनि हिड्न पनि नसक्ने अवस्थामा घर आएपछि बल्ल थाहा पाएको अभिभावको भनाई रहेको छ ।
म आफन्तकोमा गएकि थिए, श्रीमान पनि हुनुहुन्थिएन्, गाँउलले भनेर थाहा पाए सरले घरमै आएर छोरीलाई पिट्नुभएछ, अनि सम्झाएर स्कुल लगेर फेरि यादवले कोठा बन्द गरेर पिट्नुभएछ आमा गन्जला राजभरले भनिन् । छतमा लगेर कुटपिट गरेको र कुटपिट पछि बालिका तल्लो तलामा झर्न समेत नसकेपछि साथिहरुको सहयोगमा झरेकि थिईन् । स्थानियले कुटपिट गर्ने शिक्षकलाई कडा कारवाही गर्न माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा पिडितले उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक काजिकुमार आचार्यले कुटपिट गर्ने विरुद्ध कारवाहि प्रक्रिया अगाडी बढाउने बताए । अभद्र व्यवहारमा अभिभावकले उजुरी दिने तयारी गरेका छन्, सोहि अनुरुप प्रहरी अगाडी बढ्छ आचार्यले भने ।
विधालयका प्रिन्सिपल जितेन्द्र कुमार यादवले भने विभिन्न बहाना बनाई कार्वाही प्रकृया अगाडि नबढाउन भन्दै दबाब समेत दिएका थिए । यस विषयमा जिज्ञासा राख्दा प्रिन्सिपल यादवले अहिले व्यस्त छु भन्दै बोल्न मानेनन्, कुटपिट गर्ने निरञ्जन यादव प्रिन्सिपल जितेन्द्र कुमारको भाई रहेको बताईएको छ ।
सरावल गाँउपालिका बालमैत्रि पालिका बनाउने योजनाका साथ अगाडी बढिरहेको समयमा अबोध बालिकामाथि भएको कुटपिटको घटना गम्भिर भएको भन्दै सरोकारवालाहरुले दोषि माथि कारवाहीको माग गरेका छन् ।