ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

सुनवलमा सरकारी स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा शुरु

१९ मंसिर २०८०, मंगलवार
१९ मंसिर २०८०, मंगलवार

सुनवल,१८ मंसिर । नवलपरासीको सुनवल नगरपालिकाले स्थानिय स्वास्थ्य संस्थाबाट पहिलो पटक प्रयोगशाला सेवा सुरु गरेको छ । जिल्लामा तुलनात्मक रुपमा सुगम पालिकाको रुपमा चिनिने सुनवल नगरपालिकामा हाल सम्म कुनै पनि स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा थिएन् । सोमबार देखि सुनवल १ मा रहेको शहरी स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला सेवा शुभारम्भ गरिएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिईन् ।

समान्य परिक्षणका लागी पनि टाढा धाउनुपर्ने बाध्यताको अन्त्य गर्दे स्थानिय स्वास्थ्य संस्थाबाटै प्रयोगशाला सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ । आधारभुत प्रयोगशालामा रगत, दिशापिसाब, खकार जाँच सहित विभिन्न ३२ प्रकारका परिक्षण हुने स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले जानकारी दिए । सोमबार जिल्ला समन्वय समितिका प्रमुख भगौति यादव, नगर प्रमुख अर्याल र उपप्रमुख सुर्यप्रसाद दुवेले संयुक्त रुपमा प्रयोगशालाको शुभारम्भ गर्दे यसले नगरको स्वास्थ्य सेवाको अवस्था सुधारमा महत्वपुर्ण टेवा पुर्याएको बताएका छन् । जिसस प्रमुख यादवले नगरपालिकाले न्युनतम शुल्क लिएर प्रयोगशाला सेवा दिनुपर्ने र उक्त शुल्क स्वास्थय संस्थाकै अवस्था सुधारमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

नगर प्रमुख अर्यालले नगरभित्रका स्वास्थ्य संस्थामा प्रयोगशाला नहुदा आम नागरिकले समस्या खेपिरहेको समयमा विभिन्न निकायको सहयोगमा प्रयोगशाला सेवा सुरु गर्न सम्भव भएको बताईन् । नेकपा एमालेका नगर अध्यक्ष दुर्गा सुवेदिले प्रयोगशाला सेवाको सुरुवात सुखद पक्ष रहेको बताउदै स्वास्थ्य संस्थामा निशुल्क पाईने औषधिको उपलब्धता बढाउनुपर्नेमा जोड दिए ।

नगरपालिकाको समाजिक विकास समिति संयोजक भगवती बस्यालले नगरपालिकाको स्वास्थ्य क्षेत्र विस्तारै सुधारिदै गएको उल्लेख गरिन् । नगरपालिकाले पालिकाका सबैलाई पायक पर्ने गरी वडा नम्बर १२ मा रहेको स्वास्थ्य संस्थामा पनि प्रयोगशाला सेवा सुरु गर्ने तयारी गरेको प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले जानकारी दिएका छन् । प्रयोगशाला संञ्चालन गर्न ईन्द्रिेणी, फेयरमेड लगाएतका गैरसरकारी निकायले नगरपालिकालाई सहयोग गरेका छन् । सुनवल १ मा रहेको शहरी स्वास्थ्य सेवा केन्द बर्थिङ्ग सेन्टर पनि भएकाले प्रयोगशाला सेवा सुरु भएसंगै धेरै सहज हुने स्थानियले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?