© २०२३
बुटवल, १९मंसिर । डिसेम्बर ५ अर्थात् विश्व माटो दिवस। आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ।
माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ संसारभर डिसेम्बर ५ का दिन विश्व माटो दिवस मनइन्छ ।
‘विश्व माटो दिवस २०२३’ का अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कले यही मंसिर १६ गतेदेखि नै कार्यक्रम गरिरहेको छ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारा सहित शुरु भएको कार्यक्रम मंगलबारसमापन गरिँदैछ ।
नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायलगायतका विषयमा प्रचारप्रसार, माटोको निस्शुल्क जाँच शिविर, विद्यार्थीलाई स्वच्छ माटोको आवश्यकताबारे जानकारी दिइरहेको छ।
केन्द्रले मंसिर १६ गते माटोको उर्वराशक्तिको महत्त्व, संरक्षण र सुधारलगायतका प्रचारप्रसारमा जोड दिएको छ। १७ र १८ गते भक्तपुरको काभ्रेको खोपासीमा किसानको निशुल्क माटो परीक्षण कार्यक्रम गरेको छ।
मुख्य दिन मंगलबार केन्द्रको खुमलटार कार्यालयमा विषेश कार्यक्रम राखेको छ।