ट्रेंडिंग:

>> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन

माओबादीका नेता मुछिएका काण्डहरुमा प्रधानमन्त्री मौन रहनु लज्जाजनक : पहाडी

१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

बुटवल,१८ मंसिर । मानव अधिकारबादी नेता कृष्ण पहाडीले लोकतन्त्र रक्षाका लागि बेलैमा सचेत रहन दलहरुलाई आग्रह गरेका छन् । लोकतन्त्र रक्षाका लागि दलहरु नलाग्ने हो भने लोकतन्त्र गुम्ने र उनीहरुलाई इतिहासले क्षमा नगर्ने उनको भनाई छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा बुटवलमा आयोजित लोकतन्त्रको प्राण ः सुशासन र सद्भाव बिषयक नागरिक संवाद कार्यक्रमलाइ सम्बोधन गर्दै उनले लोकतन्त्र बचाँँउन साझा संकल्प गर्नुपर्ने उल्लेख गरे ।
‘‘बेला छदै उपचार गरौँ,अराकताबादी खेती नगरौँ,धर्म र जातीको मुद्धामा दाइले भाइलाइ मार्छ’–पहाडीले भने –‘मुलुकमा सुशासन नभए लोकतन्त्र टिक्न सक्दैन ।’ संघीयताले मुलुकलाइ तोड्ने नभइ जोड्ने काम गर्नुपर्ने धारणा राख्दै उनले नेपालका दलहरु सर्पको मुखको भ्यागुताजस्तो भएको टीप्पणी गरे । ‘संघीयताको दोष छैन,दोष त भ्रष्टाचार हो,कुसंस्कार हो ’ उनले भने –‘सिंहदरबारको अधिकारसंगै भ्रष्टाचार पनि प्रत्यायोजन भयो,मुलुकमा सुशासन नभए लोकतन्त्र टीक्दैन ।’
दलहरु सत्ता केन्द्रित मात्रै हुदाँ परिवर्तनमाथि प्रश्न उठ्न थालेको उनको भनाइ छ ।
फरक प्रसंगमा पहाडीले क्रान्तिको दुहाईले भ्रष्टाचारमा उन्मुक्ति दिन नसकिने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक आन्दोलन गर्छु भनेर धम्क्याउनु गलत भएको बताए । माओबादीका नेता मुछिएका काण्डहरु बाहिर आउदा प्रधानमन्त्री मौन रहनु लज्जाजनक भएको तर्क गरे ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रय सभापति रामकृष्ण बरालले शान्ति समाजले बिभिन्न मुद्धामा अभियान चलाइरहेको उल्लेख गरे ।जनताका एजेण्डालाइ केन्द्रमा राखिएको उनको तर्क छ ।

सो अवसरमा समाजको अवधारणापत्र प्रस्तुत गर्दै निवर्तमान केन्द्रिय सभापति तथा सल्लाहकार गोबिन्द खनालले लोकतन्त्र रक्षाका लागि नागरिक संकल्प आवश्यक रहेको बताए । खनालले लोकतन्त्रको रक्षाका लागि सुशासनको प्रत्याभूति र सद्भाव प्रवद्र्धन आजको आवश्यकता रहेको उल्लेख गरे ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसालले जनयुद्धकै कारण देशमा सामन्तको अन्त्य भएको दाबी गरे। उनले दलहरुको बिकल्प दलहरु नै भएको उनको भनाइ छ ।

नेपाली कांग्रेस क्षेत्र न २ का सभापति प्रजापाल गिरीले दलहरु बलियो बन्ने तर जनता कमजोर बन्ने परिस्थिती बनाउन नहुने बताए । लोकतन्त्र र संघीयताको बिकृत पक्षलाइ समाधान गर्नुपर्ने उनको धारणा छ ।

कार्यक्रममा पत्रकार डा बालकृष्ण चापागाइले यतिबेला मुलुकमा ग्रहण लागेको भन्दै शान्ति समाजले मूर्त एजेण्डा बनाउनुपर्ने बताए । लेखक ऋषि आजादले लोकतन्त्रबादी शक्तिहरु एकजुट बनेमा राजतन्त्र नफकर्ने ठोकुवा गरे । उनले चुनावमा एमालेले राजाबादी शक्ति बोक्दा र कांग्रेसले माओबादीलाइ बोक्दा अहिलेको परिस्थती आएको तर्क गरे।

सहकारी अभियान्ता बसन्तप्रसाद ढकाल,बुटवल उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराइ,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल ,तुल्सीराम बञ्जाडे,फार्मेसी संघका गणेशप्रसाद सेढाइ,नागरिक समाजका उपाध्यक्ष रामकृष्ण हमाल,प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष श्यामलाल पोखरेल,महिला अधिकारकर्मी रिता सेन ओली,रामु भुसाल,जेष्ठ नागरिक दण्डपाणी पौडेल,हरि कंडेल लगायतले बोल्दै लोकतन्त्र बचाँउन सबै एक ठाउमा उभिनुपर्ने धारणा राखे ।

सो अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति खिमप्रसाद भट्टराई कृष्ण, उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डेले पनि आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?